सायना प्रेस सेवा सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

बाह्रदशी झापा ,, बाह्रदशी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सायना प्रेस सेवा सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


बाह्रदशी गाउँपालिका वडा न.४ को रेडक्रस भवनमा संचालन गरिएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख राम शाहले गर्नु भएको थियो।कार्यक्रममा बाह्रदशी गाउँपलिका भित्र रहेका सम्पुर्ण स्वास्थ्यकर्मी हरुको सहभागिता रहेको थियो।


  कार्यक्रममा स्वागत मन्तव्य संगै कार्यक्रमको बारेमा कार्यक्रमका अध्यक्ष स्वास्थ्य शाखा प्रमुख राम शाहले प्रष्ट पार्नु भएको थियो। सायना प्रेस सेवा नेपालमा २०७७/०७८ मा पहिलो पटक नमुना को रूपमा सिन्धुली र नवलपरासी मा प्रयोग गरिएको थियो।अर्थिक बर्ष २०७९/०८० मा मोरङ,ललितपुर,पर्सा रोल्पा र कैलालीमा यसको सेवा बिस्तार गरिएको थियो भने २०८०/०८१ मा देशै भरी यसको सेवा बिस्तार गर्ने लक्ष्य राखिएको कुरा प्रशिक्षण का क्रममा गाउपालिका सिनियर अनमी सुस्मिता मैनालीले जानकारी दिनु भएको थियो। दुई दिन सम्म संचालन रहेको कार्यक्रममा सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाइ सिनियर अनमी सुस्मिता मैनालीले प्रशिक्षण दिनु भएको थियो।प्रशिक्षणका क्रममा सहभागी बाट दुई जनालाई बिरामी र स्वास्थ्यकर्मी बनाइ सायना प्रेस को प्रयोग समेत गराइएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares