मिस्टर एण्ड मिस एस इ इ 2023 प्रतियोगीहरु को तालीम सुरु
मिस्टर एन्ड मिस एस इ इ 2023 प्रदेश १ को तालिम एक कार्यक्रम का बीच सरगम संगीतालयमा सुरु भएको छ।

झापा मोरङ इलाम र इटहरीको छनौट पछि २१ प्रतियोगी उक्त तालीम सहभागी भएका छन। तालिम को दौरान मा सहभागी हरु लाई उद्घोषण, नेतृत्व तथा ब्याक्तित्व बिकास , भाषण कला ,आत्म रक्षा, सामाजिक रहन सहन, कम्प्युटर शिक्षा , कला, श्रृङ्गार लगायतको प्रशिक्षण गराइने कार्यक्रम का संयोजक दिनेश राज शर्माले बताए ।
प्रतियोगिता को फाइनल जेष्ठ को दोस्रो हप्तामा हुने र उत्कृष्ट २० जनाले प्रदेश १ र काठमाडौ को विभिन्न कलेज मा पुर्ण छात्रवृत्ति पाउने छ। निदि उच्च शिक्षा निकेतन एजुकेसन पार्ट्नर रहेको उक्त कार्यक्रमलाई टावर टेम्पल स्कुलले सह प्रायोजन गरेको छ।
सस्था का निर्देशक एल सि श्रेष्ठ को सभापतित्व मा विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यता, वीरता जेसिज अध्यक्ष घनश्याम चौधरी, फास्ट ट्राक एजुकेसन का इन्द्र खनाल ,मिस झापा सेविका श्रेष्ठले शुभकामना मन्तव्य दिएको कार्यक्रममा चलचित्र कर्मी महा संघ सचिव गोपाल एक्तेन, झापा जिल्ला नृत्य कलाकार संघ महासचिव अमन गुप्ता,फुलबारी मिडिया का अभिषेक धमला युनिक मिडियाका सुबास लिम्बू संगीतकार मणि बर्देवा लगायत को उपस्तिथि भएको कार्यक्रम को संचालन दिनेश राज शर्मा ले गर्नु भएको थियो।




