राष्ट्रपति रनिङशिल्ड : गौरीशंकर माविलाई उपाधि

राष्ट्रपति रनिङशिल्ड : गौरीशंकर माविलाई उपाधि
राष्ट्रपति रनिङशिल्ड : गौरीशंकर माविलाई उपाधि

झापा, माघ । झापा बाह्रदशी गाउपालिकाको फुलबारी माबि को खेलकुद मैदान मा भएको विद्यालयस्तरीय १३ औं राष्ट्रपति रनिङशिल्ड खेलाडी छनौट प्रतियोगिताबाट गौरीशंकर  माविले प्रथम स्थान हात पारेको छ ।

बाह्रदशी गाउपालिका शिक्षा,युवा तथा  खेलकुद शाखाको आयोजनामा फुलबारी  माविको खेल मैदानमा भएको राष्ट्रपति रनिङशिल्ड खेलाडी छनोट प्रतियोगिताबाट गौरीशंकर  माविले ७ स्वर्ण पदक प्राप्त गर्दै उत्कृष्ट बनेको हो । यो संगै गौरीशंकर मावि ले लगातार चार पटक प्रथम भएको हो। जिल्लाको लागि छनौट प्रतियोगिताबाट उत्कृष्ट भएको गौरीशंकर माविले ३ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।

आयोजक समितिका अध्यक्ष पन्चानन राजवंशी,शिक्षा साखा प्रमुख ज्ञान बहादुर पौडेल साथै गाउपालिका  प्रमुख देबिन्द्र प्रसाद चम्लागाइले उत्कृष्ट खेलाडीहरुलाई प्रमाणपत्र सहित मेडल, ट्रफी  वितरण गर्नुभयो। प्रतियोगिताको दोस्रो स्थानमा पशुपति मावि राजगढ छनौटमा पर्न सफल भएको छ । पशुपति माविले ६ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गर्न सफल भएको सामाजिक विकास समितिका अध्यक्ष पन्चानन राजवंशी ले जानकारी दिनुभयो ।

फुलबारी मावीको खेलमैदानमा माघ २६ र २७ गते सम्म सन्चालन भएको प्रतियोगितामा छात्र र छात्रा गरि २६ वटा बिधा खेलाएको बाह्रदशी शिक्षा युवा तथा खेलकुद साखा प्रमुख ज्ञान बहादुर पौडेल ले बताउनु भयो। अब समूहगत विधा बाहेकका स्वर्णधारी खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागीता जनाउँन पाउँने भएका छन् ।

प्रतियोगितामा छनौट भएका खेलाडीलाई फागुन ९ देखि ११ गते सम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी हुन पाउँने व्यवस्था गरिएको छ । जिल्लास्तरीय प्रतियोगिता कनकाई नगर खेलकुद विकास समितिको विषेश पहलमा कनकाईमै आयोजना हुने बताइएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360