रास्ट्रघाती गठबन्धनलाई परास्त गर्न मतबाट जनतालाई आग्रह गरे, ३(ख)उम्मेदवार चुडाल
झापा-३प्रदेश सभा सदस्य (ख) नेकपा एमाले तथा राप्रपा का साझा उम्मेदवार छबिलाल चुडालले रास्ट्रघाती गठबन्धन लाई मत बाट परस्त गर्न आम जनता लाई आग्रह गरेका छन।
शनिबार बिर्तामोड-१० वडा कार्यालय को सभा हलमा वडा स्तरीय संयुक्त अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले अप्राकृतिक रुपमा गरेको गठबन्धन लाई मत बाट परस्त गरि रास्ट्र र राष्ट्रियता को स्वाभिमान बचाउन को निम्ति साझा उम्मेदवार लाई अत्यधिक बहुमतले बिजय गराउन जनता लाई आग्रह गरे।
रास्ट्रको लागि घातक रहेको गठबन्धन लाई मत बाट परस्त गर्न झापा क्षेत्र न.३(ख)का जनता सक्षम रहेका छन चुडालले भने- ” यश क्षेत्रमा नेकपा एमाले र राप्रपा चुनावी तालमेल मा साझा उम्मेदवार भएर जनता माझ आएका छौ ।रास्ट्र र राष्ट्रियताको स्वाभिमान बचाउन को निमित्त यी दुई पार्टी आज राष्टघाती गठबन्धन लाई परस्त गर्न एक ठाँउ मा उभिनु परेको हो।सिद्धान्त बिपरितका गठबन्धन को विपक्ष मा उभिन मतदातालाई आग्रह गर्दछु।”
नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य तथा झापा क्षेत्र न.३(ख)का संयोजक समेत रहेका चुडालले ब्यबहारिक शिक्षा प्रणाली ,स्वास्थ्यको क्षेत्रमा सुधार ,साथै कृषि क्षेत्रमा आधुनिकीकरण गरि कृषकले उत्पादन गरेको खाद्यान्न लाई उचित ब्यबस्थापन गर्न राइस मिल,आटा उद्योग,दाना उद्योग ,कोल्ड स्टोर जस्ता उद्योग राज्य र कृषक को संयुक्त लगानीमा खोली कृषक हरुको आर्थिक अवस्था लाई उकास्ने र धेरैलाई रोजगार प्रदान गर्ने आफ्नु पहिलो योजना रहेको बताउनु भयो।
संघ,प्रदेश र स्थानीय तहमा बिकाश र समृद्धि ल्याउने योजना नेकपा एमाले मा मात्रै रहेको र आगामी दिन हरुमा सबैको सल्लाह सुझाव अनुसार बिकाश का कार्यक्रम हरु ल्याउने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला सचिवालय सदस्य चुडालले वर्तमान सत्ता गठबन्धन को सरकारले देशलाई श्रीलंका बनाउने बाटो तर्फ लगेको बताए ।
कार्यक्रममा झापा-२ प्रदेश सभा सदस्य का उम्मेदवार एकराज कार्की , सोम पोर्तेल,हरि बहादुर राजवंशी,रामकुमार सिंह राजवंशी लगायत ले बोलेका थिए।
कार्यक्रममा जीवन कुमार श्रेष्ठ,मोहन चन्द्र रेग्मी,सन्तलाल मेचे,देवराज कार्की,त्रीलोचन सापकोटा,शुभास भट्टराई,मुना तिवारी,प्रीतम कुमार धमला,कृष्ण पोख्रेल ,कृष्ण बिमली लगायतका नेता तथा कार्यकर्ता को उल्लेख्य उपस्थित रहेको थियो।
तस्वीरहरु







