वडा नम्बर ६ बाह्रदशी गाउँपालिका बडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश ।

बाह्रदशी गाउँपालिका बडा नम्बर ३ लाई ३-४ अन्तरले हराउँदै वडा नम्बर ६  सेमिफाइनलमा प्रवेश गरेको छ ।

बह्रदशी गाउँपालिका वडा न.५ खेलकुद बिकास समिती द्वारा आयोजना गरिएको बडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज  बाह्रदशी गाउँपालिका बडा नम्बर ३ लाई ३-४ अन्तरले हराउँदै वडा नम्बर ६  सेमिफाइनलमा प्रवेश गरेको हो।
हिजो बाट संचालन गरिएको वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता मा आज वडा नम्बर ३  र ६ बिच रहेको थियो।
खेलको पहिलो हाफ मा वडा न. ६ लाई दबाबमा राख्दै वडा न.३ का श्याम मुर्मु ले खेलको २५ औं मिनेटमा गोल गर्दै आफ्नु टिम लाई अगाडि १-० ले अगाडि बडाउन सफल भएका थिए।सुरु बाट नै दबाबमा रहेको वडा न.६ ले पहिलो हाफ को ३०+२ मिनेटमा आशिष हास्दाले  गोल फर्काउदै खेललाई बराबरीमा फर्काउन सफल भएका थिए।
खेलको दोस्रो हाफ को सुरुवाती चरण बाट नै आक्रमक देखिएको वडा न.६ को हरेक प्रयासलाई गोल रक्षकले बिफल बनाएका थिए।१-१ को बराबरी मा खेलेको दुबै टिमले निर्धारित समयमा भने कुनै गोल गर्न नसक्दा खेल ट्राइबेकर मा धकेलिएको थियो।ट्राइबेकर मा दुबै टिमले ६-६ प्रहार गरे पनि वडा न.३ का खेलाडीले ३ वटा पेनाल्टी  प्रहार गोलपोस्ट बाहिर हान्दा टिमले हार बेहोर्नु पर्यो जसले गर्दा वडा न.६ ४-३ ले बिजय हुँदै सेमिफाइनलको यात्रा तय गरेको हो भने खेलको मेन अफ द म्याच वडा न.६ का जर्सी न.१३ का राजन बेस्रा बन्न सफल भए। माघ ७ गते बाट संचालन रहेको बडा स्तरीय नकाउट फुटबल प्रतियोगिता माघ १४ गते सम्म संचालन रहने छ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares