हल्दिबारी-बाह्रदशी प्रेस क्लब गठन
झापा । झापाका दुई पालिकाका सक्रिय पत्रकारहरुको भेलाले “हल्दिबारी-बाह्रदशी प्रेस क्लब” गठन गरेको छ ।
हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको सयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विघटन गर्दै नयाँ क्लब गठन गरेको हो ।

हल्दिबारी गाउँपालिका २ भेलागढी लोकतान्त्रिक पार्कमा भएको भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन “हल्दिबारी-बाह्रदशी प्रेस क्लब” गठन गरिएको क्लबका महासचिव हैकम घिसिङले जानकारी दिए ।
नव गठित क्लबको कार्यसमिति यस प्रकार रहेको छ ।
अध्यक्ष : नेत्र बिक्रम बिमली , हल्दिबारी , उपाध्यक्ष : अभिषेख धमला ( प्रीतम ) बाह्रदशी ,महासचिव : हैकम घिसिङ ,हल्दिबारी , सचीव : मनोज तिवारी ( दर्पण) बाह्रदशी , कोषाध्यक्ष : शान्ता उप्रेती ,हल्दिबारी
त्यसैगरी सदस्यहरु जनक राजवंशी, टिकारम बास्तोला हल्दिबारी, राजेश आचार्य र असफाक आलम बाह्रदशीबाट रहेका छन्। त्यसैगरी सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी (प्रदेशी), सुरेन्द्र भण्डारी र याम दंगाल रहनेका छन्। त्यस्तै लेखा समितिमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनाली लाई चयन गरिएको छ।




