सत्संग सेवा परिषद् घोडामाराद्वारा आयोजित सप्तदिवसीय श्रीमद् वितक चर्चा तथा श्रीकृष्ण कथा ज्ञान यज्ञ सम्पन्न

सत्संग सेवा परिषद् घोडामाराद्वारा आयोजित सप्तदिवसीय श्रीमद् वितक चर्चा तथा श्रीकृष्ण कथा ज्ञान यज्ञ सम्पन्न

३० असार २०८२, राजेश आचार्य ।

बाह्रदशी–५ घोडामारामा अवस्थित श्रीकृष्ण प्रणामी सत्संग भवनमा सत्संग सेवा परिषद् द्वारा आयोजना गरिएको सप्तदिवसीय श्रीमद् वितक चर्चा तथा श्रीकृष्ण कथा ज्ञान यज्ञ सम्पन्न भएको छ। यहि साउन २४ देखि ३० गतेसम्म संचालन भएको यज्ञको आज एक विशेष कार्यक्रम आयोजना गरी समापन गरिएको हो।

समापन कार्यक्रम सत्संग सेवा परिषद् अध्यक्ष धर्म उप्रेतीको अध्यक्षता तथा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको बिशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा हल्दीबारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिंगदेन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा लिंगदेनले “हरेक मानिसलाई अनुशासन र सभ्य मानिसको प्रशिक्षणमा ल्याउने माध्यम भनेको धर्म हो। ” भन्दै धर्मको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।

उक्त यज्ञमा जग्गादाताका परिवारदेखि निर्माण कार्य र कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सहयोगी धर्मप्रेमीहरूलाई खादा र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

कार्यक्रम सत्संग सेवा परिषद् सचिव राजु अधिकारीले सञ्चालन गर्नुभएको थियो भने परिषद् प्रमुख सल्लाहकार दुर्गाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो।

२०६५ सालमा जय कृष्ण अधिकारीले आफ्नो श्रीमती पवित्रा देवी अधिकारीको स्मृतिमा एक कठ्ठा जग्गा भवन निर्माणका लागि दान दिएपछि भवन निर्माणको कार्य अघि बढेको थियो। पछि विभिन्न सहयोगी मनहरु, देश तथा विदेशमा रहेका धर्मप्रेमी तथा समाजसेवी व्यक्तित्वहरूको सहयोगबाट भवन निर्माण भएको र यस सत्संग भवन र भान्सा घरको थप स्तर उन्नति र त्यहाँ अति आवश्यक रहेको साउन्ड सिस्टम, कार्पेट लगायतका सामग्रीहरू खरिद गर्ने उद्देश्यले श्रीमद् वितक चर्चा तथा श्रीकृष्ण कथा ज्ञान यज्ञ आयोजना गरिएको आयोजक परिवारले जानकारी दिएको छ।

यस श्रीमद् वितक चर्चा तथा श्रीकृष्ण कथा ज्ञान यज्ञको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्रप्रसाद चम्लागाईंले गर्नुभएको थियो भने प्रमुख कथावाचकका रूपमा युवा सन्त दिपेश ढकालले प्रवचन दिनुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email