सभामुख देवराज घिमिरे द्वारा बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव उद्घाटन

सभामुख देवराज घिमिरे द्वारा बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव उद्घाटन
सभामुख देवराज घिमिरे द्वारा बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव उद्घाटन

बिर्तामोड, ६ फागुन । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव हिजो बाट शुभारम्भ भएको छ ।

दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नु भएको थियो । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् ।

आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनु भयो ।

महोत्सवको उद्घाटन गर्नु हुँदै सभामुख घिमिरेले आर्थिक रूपमा देश समृद्ध बनाउनका लागि सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

उहाँले देशको अर्थतन्त्र संकटमा पर्दै गएको र सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो । बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै सभामुख घिमिरेले प्रशंसा व्यक्त गर्नुभयो । उहाँले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य संघले भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सदैब सहयोग गर्ने बताउनुभयो ।

बजेटको २० प्रतिशत बजेट कटौति गर्न अर्थ मन्त्रालयले पत्रचार गरेको अवस्थाले मुलुकको अर्थतन्त्र धरासायी बन्ने संकेत गरेको भन्दै सभामुख घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एक जुट भएर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । उहाँले महोत्सव सफल बनाउन निजी क्षेत्र स्थानीय, प्रदेश र संघीय सरकारका साथै राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नु राख्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव प्रदेश १ कै गौरवको विषय भएको बताउनुभयो । उहाँले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने बिश्वास ब्यक्त गर्नुभयो ।

उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नु पर्ने,महिला उद्यमीहरूले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश नम्वर १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आर्थिक मन्दीका कारण सरकारको अवस्था कमजोर रहेको बताउनुभयो । मन्त्री सिटौलाले सरकारले लगानी गरेर दिएका तालिम अनुत्पादक हुनुका साथै लक्षित बर्गले अनुदान समेत प्राप्त गर्न नसकेको बताउँदै सहकारीका नाममा संगठित ठगी हुने गरेको बताउनुभयो । उहाँले त्यस तर्फ समेत सरकारको ध्यान केन्द्रीत भएको धारणा राख्नुभयो ।

कार्यक्रममा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरुको बजारीकरण गर्न खोज्नु सह्रानीय भएको धारणा राख्नुभयो । उहाँले सरकार आउने र जाने क्रमले अर्थतन्त्रको विकासका लागि नीतिगत व्यवस्था हुन नसक्दा निजी क्षेत्र अफ्ठ्यारो स्थितिमा पुगेको बताउनुभयो । आर्थिक व्यवस्था सुधारका लागि सरकारले निजी क्षेत्रसंग छलफल गर्नु अपरिहार्य भएको उहाँको भनाई थियो ।

कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

महोत्सवका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाधयक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन कुमार मैनाली र सञ्चारकर्मीद्वय केशव भट्टराई तथा लीला अनमोलले गर्नु भएको थियो ।

यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान गरेको छ । सम्मानित सभामुख र उपसभामुखको सम्मान पत्र संघका सचिव कुशल खतिवडाले वाचन गर्नु भएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email