लगातार पाँचौ पटक ट्रफि उचाल्न सफल गौरीशंकर माबि

लगातार पाँचौ पटक ट्रफि उचाल्न सफल गौरीशंकर माबि

झापा,  माघ । झापा बाह्रदशी गाउपालिकाको फुलबारी माबि को खेलकुद मैदान मा भएको विद्यालय स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता बाट गौरीशंकर  मा वि ले प्रथम स्थान हात पारेको छ ।
बाह्रदशी गाउपालिका शिक्षा,युवा तथा  खेलकुद शाखाको आयोजनामा फुलबारी  मा वि को खेल मैदानमा भएको राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनोट प्रतियोगिताबाट गौरीशंकर  मा वि ले ९ स्वर्ण पदक प्राप्त गर्दै उत्कृष्ट बनेको हो । यो संगै गौरीशंकर मा वि ले लगातार पाँचौं  पटक प्रथम भएको हो। जिल्लाको लागि छनौट प्रतियोगिताबाट उत्कृष्ट भएको गौरीशंकर मा वि ले ९ स्वर्ण  ७ रजत र ४ कास्य पदक प्राप्त गरे संगै गौरीशंकर मा बि ले नगद रु. २० हजार र ट्रफि उचाल्न सफल भएको हो।
आयोजक समितिका अध्यक्ष पन्चानन राजवंशी,शिक्षा साखा प्रमुख ज्ञान बहादुर पौडेल साथै गाउपालिका  प्रमुख देबिन्द्र प्रसाद चम्लागाइ, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले उत्कृष्ट खेलाडीहरुलाई प्रमाणपत्र सहित मेडल, ट्रफी  वितरण गर्नुभयो। प्रतियोगिताको दोस्रो स्थानमा पशुपति मावि राजगढ छनौटमा पर्न सफल भएको छ । पशुपति मा विले ६ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गर्न सफल भएको छ ।


फुलबारी मा वी को खेल मैदानमा माघ ९ र १० गते सम्म सन्चालन भएको प्रतियोगितामा छात्र र छात्रा गरि ३२ वटा बिधा खेलाएको बाह्रदशी शिक्षा युवा तथा खेलकुद साखा प्रमुख ज्ञान  बहादुर पौडेल ले बताउनु भयो। समूहगत विधा बाहेकका स्वर्णधारी खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागीता जनाउँन पाउँने भएका छन् ।
प्रतियोगितामा छनौट भएका खेलाडीलाई जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी हुन पाउँने व्यवस्था गरिएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares