स्काउटको विविध प्रतियोगितात्मक कार्यक्रम !

स्काउटको विविध प्रतियोगितात्मक कार्यक्रम !

विर्तामोड नगर स्काउटले आयोजना गरेको एक दिवसीय प्रतियोगितात्मक कार्यक्रम मनकामना कलेज एण्ड स्कुलमा सप्पन्न भएको छ। वक्तृत्त्वकला, चित्रकला र हस्तकला प्रतियोगितामा स्काउटका विद्यार्थी सहभागी थिए ।


नगरमा स्काउट संचालित विद्यालयहरुबाट वक्तृत्त्वकलामा छात्रतर्फ पहिलो हुने इडेन गार्डेनका आयुष न्यौपाने, दोस्रो हुने महेन्द्र रत्नका मानस कोइराला, तेस्रो हुने विराट ज्योतिका निशान्त विमली थिए त्यस्तै छात्रातर्फ पहिलो हुने विराट ज्योतिका स्मारिका तिवारी, दोस्रो हुने कन्चनजङ्गाका प्रविना पराजुली, तेस्रो हुने मोहनमायाका पूजा पुरी थिए । त्यसैगरी चित्रकलामा छात्रतर्फ पहिलो हुने मोहनमायाका सुगम पोखरेल, दोस्रो हुने देवीका कृष्ण ठाकुर, तेस्रो हुने न्युटन्सका अन्वेषण ढुङ्गेल, त्यस्तै छात्रातर्फ पहिलो हुने कन्चनजङ्गाका शिक्षा राई, दोस्रो हुने न्युटन्सका आरिहाङ्ग सुब्बा, तेस्रो हुने विराट ज्योतिका उपेक्षा राजवंशी थिए । त्यसैगरी हस्तकलामा छात्रतर्फ पहिलो हुने दुर्गाका इन्द्रसिङ्ग राजवंशी, दोस्रो हुने इडेन गार्डेनका कुशल बस्नेत, तेस्रो हुने विराट ज्योतिका प्रज्जवल भट्टराई, त्यस्तै छात्रातर्फ पहिलो हुने दुर्गाका रेखा विष्ट, दोस्रो हुने न्युटन्सका लकिशा गिरी, तेस्रो हुने इडेन गार्डेनका समरपिता दत्ता थिए ।


एमिटी, विराटज्योती, विराट आधारभूत, देवी, दुर्गा, इडेन गार्डेन, कञ्चनजङ्गा, मनकामना, मोहनमाया, महेन्द्र रत्न, नवोदय फनमिन, न्युटन्स गरि जम्मा १२ वटा ट्रुपहरुबाट ३३ छात्र ३३ छात्रा गरि ६६ जना विद्यार्थी सहभागी थिए । सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठको नेतृत्वमा स्काउट माष्टरहरु तथा ´विर्तामोड ओपन स्काउट कृयू`का रोभर रेन्जरहरुले सहजीकरण गरेको कुरा नगर स्काउट तदर्थ समिति संयोजक निकुञ्ज शर्माले बताए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares