हल्दिबारीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु ।

हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-४ निवासी ७६ वर्षीय वृद्ध भीमप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयवासीको अनुसार वृद्ध भट्टराई आज बिहान १० बजे चौकीविरान सामुदायिक वनमा प्रवेश गरेका थिए ।

हात्तीको आक्रमणबाट मृत्यु भएका उनको शव अपराह्न ४ बजे फेला परेको थियो । घटनाको बारेमा थाहा पाए लगतै प्रहरीसहित जनप्रतिनिधिको टोली घटनास्थल पुगेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares