हल्दिबारी गाउँपालिका:- पशु उपचार अस्पताल भवनको उद्घाटन।
झापा, हल्दिबारी – झापाको हल्दिबारी गाउँपालिका मा आज नवनिर्मित पशु उपचार अस्पताल भवनको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङ्देनले रिबन काटी भवन को उद्घाटन गर्नु भएको हो।

पशुपालन र कृषि व्यवसायलाई सुदृढ बनाउन निर्माण गरिएको यो भवनले गाउँपालिकाका किसानहरूको लागि नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ।साथै छिमेकी पालिका हरुको लागि समेत लाभ रहने छ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङ्देनको रहेको थियो। साथै, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष्य लक्ष्मी देवी मैनाली प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, वडाध्यक्षहरू,वडा सदस्य , कर्मचारी लगायत सामाजिक ब्यक्तित्वहरुको समेत समारोहमा सहभागी रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले कार्यक्रम मा स्वागत मन्तब्य का साथै भवन निर्माणको औचित्यबारे प्रकाश पार्नु भएको थियो।
इञ्जी लिना कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा लि सुखिपुर १ सिराहा सँग २०८० साल चैत १४ गते भवन निर्माणका लागि सम्झौता गरिको थियो।उक्त भवन निर्माणका लागि प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा बजेट व्यवस्था गरिएको हो जसको अनुमानित बजेट ८९ लाख ४५ हजार ९०४ रुपैयाँ ५८ पैसा रहेको थियो जसमा ६२ लाख ९२ हजार ५५१ रुपैया ६८ पैसा मा भावनाको ठेक्का लागि सम्झौता गरिएको थियो।जसमा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र पालिका बाट १४ लाख २८ हजार ८१४ रुपैयाँ ४४ पैसा रहेको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृतले जानकारी गराउनु भएको थियो।
झापाका अन्य स्थानिय तहहरू भन्दा पहिलो यस हल्दीबारी गाउँपालिका ले पशु उपचार अस्पताल निर्माण सम्पन्न गरेको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय राजेन्द्र लिङ्देनले
“यो भवनले गाउँपालिकाका किसानहरूलाई पशुजन्य सेवा प्रदान गरेर उनीहरूको जीविकोपार्जनलाई सुदृढ बनाउनेछ। आधुनिक उपकरण र व्यवस्थापनका साथ अस्पताल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेछ उहाले बताउनु भयो ।अस्पतालले पशुपालन किसानहरूलाई रोग उपचार, खोप वितरण, र प्राविधिक तालिम जस्ता सेवाहरू व्यवस्थित रूपमा प्रदान गर्नेछ।
हल्दिबारी गाउँपालिकाले यस अस्पताल निर्माण गरी अन्य पालिकाभन्दा अगाडि रहेर पशुपालन क्षेत्रको विकासमा ऐतिहासिक कदम चालेको कार्यक्रमका वक्ताहरूले बताए। अस्पताल सञ्चालनपछि पशुजन्य उत्पादनमा वृद्धि हुने र किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन भूमिका खेल्ने विश्वास गरिएको उहाले बताउनु भयो।
कार्यक्रमको समापन गर्दै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अस्पताललाई अझ प्रभावकारी बनाउन प्राविधिक जनशक्ति थप गर्ने र थप सेवाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। यस भवनमार्फत गाउँपालिकाले पशुपालन र कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने कुरामा जोड दिनु भएको थियो ।




