ओलीका प्रतिस्पर्धी २५ जना

ओलीका प्रतिस्पर्धी २५ जना
ओलीका प्रतिस्पर्धी २५ जना

पूर्व प्रधानमन्त्री समेत रहिसकेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा ५ बाट उम्मेदवारी दिएका छन्।

ओलीको क्षेत्रमा २५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि उनको मुख्य प्रतिस्पर्धा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीसँग हुने ठानिएको छ।

लामो समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गरेका अधिकारीले अघिल्लो संसदीय निर्वाचनमा राजीनामा दिएर ओलीसँगै प्रतिस्पर्धा गरेका थिए।

ओलीले उम्मेदवारी दिएको क्षेत्रबाट राजनीतिक दल बाहेक १२ जना स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्।

आफ्नो गृह जिल्लामा ७० वर्षका ओलीलाई चुनौती दिनेमा २५ वर्षका तिर्थेश्वर चौधरी तथा लेखक युग पाठक पनि छन्।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares