नेपालमा डेङ्गीको इतिहास
नेपालमा सन् २००४ मा पहिलोपटक डेङ्गी पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
त्यसयता सन् २००५ बाहेक हरेक वर्ष डेङ्गीका बिरामी फेला पर्दै आएका छन्।
• डेङ्गी लागिहाल्यो भने के गर्ने? प्लेटलेट्स बढाउन के खाने
• डेङ्गी भएका बिरामीलाई लामखुट्टेले बढी टोक्न सक्छ, खोप छ कि छैन
यसअघि सन् २०१९ मा डेङ्गी रोगको प्रकोपले ठूलो रूप लिँदा देशका ६८ जिल्लामा १७,९९२ जना सङ्क्रमित भएका थिए।
सबैभन्दा बढी प्रभावित जिल्लामा सुनसरी, चितवन, कास्की, काठमाण्डू, ललितपुर र झापा थिए।
स्वास्थ्य मन्त्रालयका अनुसार त्यति बेला डेङ्गीका कारण पाँच जनाले ज्यान गुमाएका थिए।
अहिलेको अवस्था के छ?
अहिले देशका लगभग सबै स्थानमा अर्थात् ७७ मध्ये ७५ वटा जिल्लामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अधिकांश सङ्क्रमित (९९.६%) जुलाइदेखि अक्टोबर महिनाको बीचमा फेला परेका हुन्।
सेप्टेम्बर महिनामा मात्रै २७,५२९ जना सङ्क्रमित थपिएका तथ्याङ्क छ।
सबैभन्दा बढी सङ्क्रमण काठमाण्डू उपत्यका पनि पर्ने वाग्मती र लुम्बिनी प्रदेशमा देखिएको छ।
कुल सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा मात्रै ३० हजार सङ्क्रमित रहेको पाइएको छ।
तथ्याङ्क हेर्दा शहरी तथा शहर उन्मुख क्षेत्रमा बढी सङ्क्रमित फेला पर्ने गरेका छन् ।




