चुनाव प्रचार छठ पछि मात्र गर्न पाइने

चुनाव प्रचार छठ पछि मात्र गर्न पाइने
चुनाव प्रचार छठ पछि मात्र गर्न पाइने

निर्वाचन आचारसंहिताले उम्मेदवारहरूलाई मतदानको १७ दिन अघिबाट १५ दिनसम्म मात्रै चुनावी प्रचारप्रसार गर्न समय दिएका कारण उम्मेदवारहरू मतदातासँग फुर्सदमा रहने समयमा चुनावी प्रचारप्रसारमा हिँड्न नपाउने भएका हुन्।

आचारसंहिताको यो व्यवस्थाले असोज २३ गते प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई आफ्ठ्यारोमा पारेको बताइन्छ।

असोज १६ गते अन्तिम पटक संशोधन गरिएको समानुपातिक तर्फको बन्दसूचीमा परेका उम्मेदवारहरूको नाम अझै सार्वजनिक भइसकेको छैन।

आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि १७ दिन अघिबाट मात्रै प्रचारप्रसार गर्न पाउने गरी आचारसंहिता बनाएको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले यसअनुसार कार्तिक १७ गतेपछि मात्रै प्रचार प्रसार गर्न पाउँछन्।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares