स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा संघ प्रदेश नं १को अध्यक्षमा युवराज

भद्रपुर, १३ फागुन । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहरा सर्वम्मत चयन भएका छन् ।

विराटनगरमा आज भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विज्ञ एवम् सरोकारवालाहरुको भेलाले झापाको विर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृत पदमा कार्यरत बोहरालाई अध्यक्षमा चयन गरेको हो ।

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघका केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित भेलाको १ नं प्रादेशिक स्वास्थ्य तालिम केन्द्र धनकुटाका निर्देशक रोहितकुमार पाण्डेले उद्घाटन गरेका थिए ।

भेलाले सचिवमा ओमनारायण यादव र कोषाध्यक्षमा विनिता दवाडीलाई चयन गरेको छ भने सदस्यमा नवराज प्रधान र आदित्य शाक्य चयन भएका छन् । भेलाले रोहितकुमार पाण्डेलाई सल्लाहकार संयोजकमा चयन गरेको छ ।

प्रभावकारी पहुँचयोग्य सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा कायम गरी प्रवद्र्धनात्मक स्वास्थ्य सेवाका लागि पैरवी, जनचेतना अभिबृद्धि एवम् पेशागत स्वास्थ्यका लागि पैरवी गर्ने उद्देश्यले गठन भएको संघले प्रदेश नं १ मा पहिलो पटक संगठन विस्तार गरेको हो ।
नवगठित समितिले प्रदेशस्तरमा स्वास्थ्य प्रवद्र्धनमा सेवा विस्तार तथा विकासका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै आफ्ना गतिविधि अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष बोहराले जानकारी दिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email