गाउँपालिकाको नवनिर्मित भवन रंगाउँदै गर्दा दुर्घटना, एक जनाको मृ*त्यु

गाउँपालिकाको नवनिर्मित भवन रंगाउँदै गर्दा दुर्घटना, एक जनाको मृ*त्यु

२३ असार २०८३, राजेश आचार्य ।

झापाको बाह्रदशी गाउँपालिका–५ स्थित गाउँपालिका कार्यालयको नवनिर्मित तीनतले भवनमा रंग लगाउने क्रममा एक मजदुरको लडेर मृ*त्यु भएको छ।

मंगलबार बिहान करिब ९ः४० बजे मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा गाउँपालिका कार्यालय भवनको तेस्रो तलामा रंग लगाइरहेका बेला अचानक सन्तुलन गुमाई तल खसेका थिए। उनी बीचमा रहेको फलामको ग्रिलमा अड्किँदै गम्भीर घाइते भएका थिए।

दुर्घटनामा थापाको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो। गाउँपालिकाका कर्मचारी तथा स्थानीयको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरी घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कार्यस्थलमा सुरक्षा मापदण्डको पालना, सुरक्षा सामग्रीको प्रयोग तथा दुर्घटनाका कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

4 thoughts on “गाउँपालिकाको नवनिर्मित भवन रंगाउँदै गर्दा दुर्घटना, एक जनाको मृ*त्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares