राष्ट्रिय युवा संघ बाह्रदशी २ ले नकाउट फुटबल गर्दै
झापा ,आकाश क्षेत्री
बाह्रदशी गाउँपालीका वडा नं २ मा रास्ट्रिय युवा सँघ नेपालको आयोजनमा यहि चैत ८ गते देखि प्रथम बुट्टाबारी खुल्ला नकआउट फुटवल प्रतियोगिता सन्चालन हुने भएको छ।

खेलमा आयोजक टिम A र B गरि जम्मा दश वटा टिम समाबेश गरिऐको छ।८ गते बाट संचालन गरिने उक्त खेलमा छिमेकी पालिका,नगरपालिका भित्र रहेका टिमहरु सहभागी रहेका छन।

आयोजकले खेल तालिका सार्वजनिक गरे संगै पुरस्कारको रासि पनि सार्वजनिक गरिरेको छ।खेलमा प्रथम हुनेलाइ नगद रु.१५००० (पन्द्र हजार) र दोश्रो हुनेलाइ नगद रु.१०००० ( दश हजार)सहित मेडल र प्रमाण-पत्र ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।
नकाउट फुटबल खेलको उदघाटनको दिन अझ रोचक र आकर्षक बनाउन को लागि बाह्रदशी कर्मचारी VS आयोजक भेट्रान्स टिम को समेत खेल खेलाइने आयोजक समितिका खेल संयोजकले जानकारी दिनु भयो।
उक्त नकाउट फुटबल खेलको फाइनल चैत १५ गते दिनको २ बजे देखि सन्चालन गरिने आयोजक समिती ले जानकारी दिनु भयो ।




