बाह्रदशी कर्मचारी:-अन्तर पालिका स्तरीय फुटबल खेलमा बिजय यात्रा सुरुवात

बिर्तामोड, चैत १० । बिर्तामोड नगरपालिकाको आयोजनामा संचालन गरेको अन्तर पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका लाई हराउदै बाह्रदशी गाउपालिका कर्मचारी बिजय भएका छन् ।


डोमालाल रंगशालामा भएको खेलमा अर्जुनधारा नगरपालिका कर्मचारीलाई ३–० ले पराजित गर्दै बाह्रदशी गाउपालिका कर्मचारी टिमले बिजय यात्रा तय गरेको हो ।

बाह्र्दशीका लागि खेल संचालन भएको पहिलो हाफको ३ मिनेटमा टिम कप्तान प्रदीप श्रेष्ठले पहिलो गोल गरेका हुन। त्यस्तै खेलको ९औ मिनेटमा टिमका लागि दोस्रो गोल सन्त कुमार श्रेष्ठ ले गर्दै टिमलाई अग्रता दिलाए।
खेलको सुरुवाती समय देखि नै बाह्रदशीले अर्जुनधारा नगरपालिकालाई दबाबमा राखेको थियो ।पहिलो हाफको खेलमा २-० ले अग्रता लिएको बाह्रदशी गाउपालिकाले दोस्रो हाफमा अर्जुनधाराले खेलमा सुधार ल्याए पनि कुनै गोल गर्न सकेन।तर कमजोर डिफेन्सको फाइदा उठाउँदै खेलको अन्तिम समयमा बह्रदशी का लागि कैलाश डुमले तेस्रो गोल गर्न सफल भए।
३०/३० मिनेटको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको बाह्रदशी ले खेलको प्लेयर अफ द म्याच बाह्रदशी का कैलाश डुम  घोषित भए ।
अर्जुनधारा नगरपालिका लाई हराएको बाह्रदशी गाउपालिकाले आगामी चैत १८ गते आयोजक टिम बिर्तामोड नगरपालिका कर्मचारी संग प्रतिस्पर्धा गर्ने भएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares