माइ जोगमाइ गाउपालिकाको कार्यलय भित्र अश्लील हर्कत गर्ने काजीमानलाई बाह्रदशी गा.पा.मा हाजिर गर्न रोक

माइ जोगमाइ गाउपालिकाको कार्यलय भित्र अश्लील हर्कत गर्ने काजीमानलाई बाह्रदशी गा.पा.मा हाजिर गर्न रोक

बाह्रदशी झापा ,, झापाको बाह्रदशी गाउँपलिकामा इलामको माइ जोगमाइ गाउँपालिका बाट सरुवा भइ  गत १२ गते हाजिर भएका इलामको माईजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भए सङगै बाह्रदशी गाउँ पालिकामा हाजिर गर्न रोक लगाइएको छ ।

आज बसेको कार्यपालिका को बैठक बाट प्रमुख  प्रशासकीय अधिकृत राइलाइ हाजिर गर्न रोक लगाइएको हो।  माइ जोगमाइ गाउँआलिकामा कार्यरत रहदा अनैतिक क्रियाकलाप गरेको भिडियो हालै विभिन्न अनलाइन, सामाजिक संजालहरुमा प्रकाशित प्रसारित भएको पाइएको र जनस्तरबाट समेत कामकाजका लागि अस्वीकार गर्न माग भएको हुदा नीजलाइ हाजिर नगराउने र अन्य प्रमुख प्रशासकीय अधिकृत यस पालिकामा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइले जानकारी दिनु भयो।

उनीहरुबीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक–फरक समयमा फरक–फरक तीन वटा भिडियो पोस्ट भएको थियो। उक्त पोस्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख थियो ।

प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अङ्गमा छुने, चुम्बन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । रोमान्टिक मुडमा देखिएका उनीहरूले उक्त क्रियाकलाप बिहान ७ बजेर ३७ मिनेट जाँदा भएको भिडियोको टाइम कार्डमा उल्लेख छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।

महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने बित्तिकै अँगालो हाल्छन् र चुम्बन गर्छन् । यस्तै महिलाले पनि राईको गाला सुमसुम्याउने गरेको देखिएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares