प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकालाइ।

प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकालाइ।

भद्रपुर, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो ।

उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

रंगशालामा भरिभराउ दर्शकबीच सम्पन्न खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो । खेल अवधिभर अर्जुनधाराले बुद्धशान्तिलाई दबाबमा राख्दै चल्न दिएको थिएन ।
अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ र ५८ औँ मिनेटमा बादल तामाङले गोल गरेका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच अर्जुनधाराका बादल तामाङ भए । उनले नगद २ हजार रुपैयाँ र ट्रफी पाए ।


त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधारका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बाहोरा र उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बू भए । उनीहरुले नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।
प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ भए । उनले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गरे ।
विजेता तथा उपविजेता खेलाडी तथा अफिसियललाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दिपक पोखरेल, भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, प्रमुख सल्लाहकार टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360