नेकपा एमाले बह्रदशीले मनायो धान दिवस

बाह्रदशी , असार १५ । झापाको बाह्रदशी गाउँपालिका मा आज नेकपा एमाले  वडा नम्बर ५ को वडा कमिटी ले राष्ट्रिय धान दिवस २०८० को अवसरमा बेठी लगाएर धान दिवस मनाइएको छ ।

बाह्रदशी -५ मा आज  नेपाल कम्युनिस्ट पार्टी एमाले वडा न.५ वडा कमिटीको  आयोजनामा पुर्वी टोलको नवीन कार्की को खेतमा धान रोपेर धान दिवस मनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले गाउँ कमिटी सदस्य कृष्ण अधिकारीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य तथा झापा जिल्ला इन्चार्ज बिशाल भट्टराईको साथै  केन्द्रिय सदस्य हरि बहादुर राजवंशी,प्रदेश सदस्य बसन्त बानियाँ,जिल्ला सदस्य लक्ष्मण पाठक,भुपेन्द्र कटुवाल,फडिन्द्र कटुवाल ,बिरेन राजवंशी, रेनुका भुर्तेल,बद्री भट्टराई,जिल्ला लेखा समिती सदस्य घनेन्द्र प्रसाद ढकाल,गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ,उपाध्यक्ष शान्ता देवी शिवाकोटी,गाउँ कमिटी अध्यक्ष अग्नि सापकोटा लगायतको आतिथ्यमा आयोजित धान दिवस (धान रोप्ने कार्यक्रम) मा पुर्व वडा इन्चार्ज जीवन खरेलले सम्पुर्ण उपस्थिति हरुलाइ स्वागत गर्नु भएको थियो।भने प्रमुख अतिथि भट्टराईले पटा लगाएर उद्घाटन गर्नु भएको थियो।

धानबाट तयार हुने चामल हरेक घरमा अनिवार्य रुपमा पाक्ने अन्न भएकाले र परा पुर्व काल देखि असार १५ गते बेठी लगाइ हर्सोउल्लसका साथ मनाइ विधिवत रुपमा धान रोप्न सुरुवात गरिने परम्परा रहि आएको हुदा कार्यक्रम आयोजना गरिएको अध्यक्ष कृष्ण अधिकारी ले बताए।

धान दिवस कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयबासीको उपस्थिति रहेको थियो । महिला समूहको नौमती बाजाले दिवसलाई उल्लासमय बनाएको थियो ।

बाजाको तालमा नाच्दै र असारे गीत गाउँदै महिला दिदीबहिनीहरूले रोपाइँ गरेका थिए । पुरुषहरूले माटो सम्याउन पटाहा लगाउने, बाउसे र भानको बीऊ ओसार्ने कामसँगै धान रोपेका थिए ।

रोपाइपछि दहीचिउरा, केरा, जामुन लगायत फलहरू रोपाहार तथा बाउसेहरुलाई खुवाइएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares