गुरु पुर्णिमाको अवसरमा पाँच शिक्षक सम्मानित ।

२०८१ साउन ०६

झापाको बाह्रदशी गाउँपालिका वडा न.५ मा रहेको श्री फुलबारी माध्यमिक बिद्यालय पुर्व विद्यार्थी समाजले पाँच जना पुर्व गुरु(शिक्षक)हरुलाइ सम्मान गरेको छ।


गुरु पुर्णिमा को अवसर पारेर आज फुलबारी माध्यमिक बिद्यालय पुर्व विद्यार्थी समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।
  शिक्षण क्षेत्रमा लागेर समाजको शैक्षिक उन्नयनमा उहाँहरुले पुर्याउनु भएको योगदानको मुल्यांकन गर्दै पुर्व विद्यार्थी समाजले सम्मान गरेको हो सम्मानित हुनेहरुमा टेकबहादुर योङ्हाङ,अबुल कासिम,धनबहादुर थापा,जुरन प्रसाद राजवंशी,अग्नि प्रसाद बिमली रहनु भएको भएको थियो।जसमा टेकबहादुर योङ्हाङ जसले ४६ बर्ष सम्म सेवारत रहनु भयो जसमा फुलबारी माध्यमिक बिद्यालयमा २०२९ देखि २०३५ सम्म अबुल कासिम २०२६ देखि २०३४ ,धनबहादुर थापा जसले ३६ बर्ष सम्म सेवारत रहनु भयो भने फुलबारी माध्यमिक बिद्यालयमा २०२६ देखि २०४४ सम्म,त्यसै गरि जुरन प्रसाद राजवंशी ३९ बर्ष सम्म सेवारत रहि काम गर्नु भएको थियो भने अग्नि प्रसाद बिमली जसले २०३६ बैशाख ३ गते देखि २०६७ साल कार्तिक ९ गतेसम्म ३९ बर्ष सम्म निरन्तर सेवारत रहनु भएको थियो।


कार्यक्रममा बाह्रदशी गाउँपालिका प्रमुख देबिन्द्र प्रसाद चम्लागाइको प्रमुख आतिथ्य तथा श्री फुलबारी माध्यमिक बिद्यालय पुर्व विद्यार्थी समाज का अध्यक्ष उत्तम खड्का को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न.५ वडाअध्यक्ष वीर बहादुर सिंह राजवंशी , पुर्व वडा अध्यक्ष तथा शिक्षक भुपेन्द्र कटुवाल,पुर्व गाबिस अध्यक्षहरु दयानन्द गोस्वामी,टेक प्रसाद आचार्य बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष टेक नारायण सिंह राजवंशी slc पहिलो ब्याज पुर्व विद्यार्थी ओम प्रकाश गौतम,भोजराज दाहाल लगायतको समेत उपस्थिति रहेको थियो।
  कार्यक्रममा गाउँ पालिका प्रमुख देबिन्द्र प्रसाद चम्लागाइ,बिद्यालय संचालक समिति अध्यक्ष टेक नारायण सिंह राजवंशी,फुलबारी माद्यामिक बिद्यालयका slc पहिलो ब्याज पुर्व विद्यार्थी ओम प्रकाश गौतम,टंक कटुवाल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने हेमलत्ता पोख्रेलले कविता वाचन गरेर सुनाउनु भएको थियो।
कार्यक्रम लाई फुलबारी माध्यमिक बिद्यालय  पुर्व विद्यार्थी समाजका सचीव तथा बर्तमन शिक्षक शिव पोख्रेलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष जीवन धमलाले स्वागत गर्नु भएको थियो।
 

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares