बाह्रदशी उद्योग वाणिज्य सङ्घको दुई दिने गुणस्तर तथा नापतौल शिविर सम्पन्न

बाह्रदर्शी गाउँपालिकाको आर्थिक सहयोग र बाह्रदशी उद्योग वाणिज्य सङ्घ को आयोजनामा सञ्चालन भएको दुई दिवसीय गुणस्तर तथा नापतौल शिविर सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा बाह्रदर्शी गाउँपालिका भित्र रहेका व्यवसायीहरूले प्रयोग गर्दै आएका ढक तराजु को गुणस्तर तथा नापतौल को परीक्षण गरिएको थियो।शिविर मा ६५ जना व्यापारीहरूले आफ्नु ढक तराजु को परीक्षण गराएका थिए।

बाह्रदशी गाउँपालिका भित्र रहेका ग्राहक महानुभावहरु ठगी मा नपरुन् तथा राजस्व सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको २ दिवसीय गुणस्तर तथा नापतौल शिविर सञ्चालन गरिएको थियो। समापन कार्यक्रमको अध्यक्षता वाणिज्य सङ्घ अध्यक्ष खगेन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला गुणस्तर तथा नापतौल विभागका सहायक निरीक्षक अमित कर्ण लगायत चारजनाको टोलीको उपस्थित रहेको थियो।उक्त शिविरमा स्थानीय व्यापार व्यवसायीहरूले ल्याएका आफ्ना ढक तराजु को गुणस्तर परीक्षण जिल्ला नापतौल विभाग का सहायक निरीक्षक अमित कर्णले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला नापतौल विभाग का सहायक निरीक्षक अमित कर्ण ले संस्था नवीकरण तथा नयाँ दर्ता गर्ने व्यवसायीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। भने कार्यक्रमलाई समापन उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र बहादुर कार्कीले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360