विर्तामोड नगर स्काउटको अन्तर स्काउट दल हाजिरी जवाफ प्रतियोगिता सप्पन्न ।

मङ्सिर ०८, विर्तामोड ।
स्थानीय स्काउट कार्यालय, विर्तामोड नगरपालिकाको आयोजनामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १८ वटा स्काउट दलहरु एमिटी, बेल्स, वीर अमरसिङ, विराट, विराटज्योती, दुर्गा, देवी, इडेन गार्डेन, इन्भेन्चर, कञ्चनजङ्गा, मनकामना, महेन्द्र ज्योति, महेन्द्र रत्न, मोहनमाया, नवोदय, न्युटन्स, सिद्धार्थबाट, तक्षसिलाका ३/३ जनाका दरले जम्मा ५४ जना प्रतिस्पर्धी रहेकोमा न्युटन्स स्काउट दल प्रथम, एमिटी स्काउट दल द्वितीय, कञ्चनजङ्गा स्काउट दल तृतीय भएका छन् । उत्कृष्ट हुने तीनै दलहरूलाई नगर स्काउट समितिको तर्फबाट पुरस्कार सहित बधाई दिएको थियोे ।


कार्यक्रमको प्रमुख अतिथि प्रमुख स्काउट नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, विशेष अतिथि शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानुका रेग्मी, विद्यालयका प्रधानाध्यापक खड्ग खरेल, स्थानीय स्काउट कार्यकारी समितिका पदाधिकारीहरु, स्काउटर, विद्यालयका प्रतिनिधि शिक्षकहरु, विर्तामोड रोभर रेन्जर कृउका रोभर रेन्जरहरु, लगायतको उपस्थिति रहेको कुरा स्थानीय स्काउट प्रमुख आयुक्त निकुञ्ज शर्माले जानकारी दिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares