विस्णु भगवती स्कुल का विद्यार्थी बाल आश्रममा
बिस्णु भगवती इङलिस स्कुल बिर्तामोड १० का विद्यार्थीहरुले अर्जुनधारा कप्तानबारी स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री प्रदान गरेका छन ।

विद्यार्थीहरुलाइ सैद्धान्तिक ज्ञान सगसगै ब्यवहारिक र सेवाभावको ज्ञान दिने उदेश्यका साथ आयोजना गरिएको यस प्रकारको प्रेरणादायी कार्यमा सहभागी हुन स्वयं विद्यार्थीहरु नै उत्साहित भइ आफैले अभिभावकको सहकार्यमा सहयोग सामाग्री जुटाएका थिए ।

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका सस्थापक कृष्ण देव दुलालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुबाट संकलित चामल – १३७ केजि , दाल ५ केजि, खानेतेल ६ लिटर, नुन ३९ प्याकेट, आटा १२ केजि, चिनी ४ के जि लगायत च्युरा, मुरही, बिस्कुट, टुथ पेस्ट , ब्रश, साबुन, सेम्पो, बेसार, प्याज, लसुन, भुजिया, आलु, कागती , आदि लगायत कपि कलम पेन्सिल जस्ता शैक्षिक सामाग्रीहरु र विद्यार्थीहरुबाट , शिक्षक कर्मचारी वर्गबाट र बिद्यालय बाट संकलित रकम पनि हस्तान्तरण गरिएको थियो ।

बिद्यालयका प्र.अ. पुन्य प्रसाद उप्रेती, सस्थापिका बिष्णु दाहाल , कक्षागत शिक्षकहरु र अतिरिक्त क्रियाकलाप संयोजक दिनेशराज शर्मा सहितको उपस्थिति रहेको उक्त कार्यक्रम बिद्यालय कि बाल क्लब अध्यक्ष अनुजा दाहाल ले संचालन गरेकी थिइन । अपांग तथा विशेष क्षमता भएका बालबालिकालाइ प्रत्यक्ष भेटेर आफुले सकेको सहयोग गर्न पाएकोमा आफू अत्यन्तै खुशी भएको कुरा ब्यक्त गर्दै विद्यार्थीहरुले आगामी दिनहरुमा पनि यसरी नै सेवा र सत्कर्म गर्ने अवशर जुटाइदिन विद्यालयलाइ आग्रह गरेका छन ।






