छैटौं वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा वडा न.५ बिजय ।
बाह्रदशी गाउपालिकामा जारी छैटौं वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको फाइन वडा न.५ ले जितेको छ ।

बह्रदशी गाउँपालिका वडा न.५ खेलकुद बिकास समिती द्वारा आयोजना गरिएको छैटौं बडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा बाह्रदशी गाउँपालिका बडा नम्बर २ लाई ३-२ गोल ले हराउँदै वडा नम्बर ५ ले उपाधी चुम्न सफल भएको हो।

माघ ७ गते बाट संचालन गरिएको छैटौं वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा आज भएको फाइनल खेल वडा नम्बर ५ र २ बिच रहेको थियो।

खेलको पहिलो हाफ मा वडा न.२ र वडा न.५ बिच निकै प्रतिस्पर्धा भएको थियो।खेल को पहिलो हाफमा दुबै टिमले कुनै गोल गर्न नसक्दा पहिलो हाफ बराबरी मा रहन गरेको थियो।खेल को दोस्रो हाफ मा दुबै टिमले आक्रमक खेले पनि वडा न.५ ले वडा न.२ लाई पुरै दवाब मा राखेको थियो। खेलमा वडा न.५ ले गोल गर्ने अवसर प्रयाप्त पाउदा पनि खेलको अन्तिम समय सम्म कुनै टिमले भने गोल गर्न नसक्दा खेल पेनाल्टी प्रहारमा धकेलिएको थियो।पेनाल्टीको तेस्रो प्रहारमा वडा न. ५ का जर्सी न. १० खेलाडी ले पेनाल्टी प्रहारमा मिस गर्दा वडा न.५ लाई निकै समस्या परेको थियो तर वडा न.२ का खेलाडी को पेनाल्टी प्रहार लाई गोल रक्षक ले सेब गरे सङगै वडा न.५ ले ३-२ अन्तरले फाइनल ट्रफि उचाल्न सफल भयो।खेलको म्यान अफ द म्याच वडा न.५ का गोल रक्षक बन्न सफल भए भने खेलको उत्कृष्ट खेलाडी बिजय टिमका जर्सी न.७ का खेलादी घोषित भए, त्यसै गरि जिसि बर्ष २२ का अध्यक्ष पुस्प धमलाले स्पन्सर गरेको उत्कृष्ट गोल रक्षक बिजय टिमका गोल किप्पर घोषित भए। खेलको उप बिजेता वडा न.२ ले नगद पुरस्कार १५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने बिजेता टिम ले नगत पुरस्कार रु.२५ हजार सहित ट्रफि,मरडल र प्रमाणपत्र प्राप्त गरे।साथै उक्त फटबल प्रतियोगितामा आज भएको भेट्रान खेलमा वडा न.५ A लाई वडा न.५ B ले हराउदै उपाधि जितेको थियो।
माघ ७ गते बाट संचालन रहेको छैटौं नकआउट फुटबल प्रतियोगिता आज समापन भएको हो।




