विश्व योग दिवसको अवसरमा योग अभ्यास तथा सम्मान कार्यक्रम सम्पन्न, योग प्रशिक्षक चेतन उप्रेती सम्मानित

विश्व योग दिवसको अवसरमा योग अभ्यास तथा सम्मान कार्यक्रम सम्पन्न, योग प्रशिक्षक चेतन उप्रेती सम्मानित


बिर्तामोड, असार ७ । विश्व योग दिवसको अवसरमा वीरता जेसीजको आयोजनामा बिर्तामोडमा योग अभ्यास तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ शरीर, स्वस्थ मन र समुन्नत समाजका लागि योग” भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा योगप्रेमी, सामाजिक व्यक्तित्व तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी पतञ्जली योग समिति बिर्तामोडका अध्यक्ष तथा वरिष्ठ योग प्रशिक्षक चेतन उप्रेती विशिष्ट अतिथि तथा बुद्धनगर योग समितिका संयोजक पदम पौडेल अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको संयोजन वीरता जेसीजका कार्यक्रम संयोजक जेसी विजय लिम्बुले गरेका थिए।
कार्यक्रमको प्रारम्भ सामूहिक योग अभ्यासबाट गरिएको थियो। योग प्रशिक्षकहरूको निर्देशनमा सहभागीहरूले विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गरेका थिए।

योग अभ्यासका क्रममा नियमित योगले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति, आत्मविश्वास अभिवृद्धि तथा जीवनशैलीजन्य रोगहरूको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जानकारी गराइएको थियो। सहभागीहरूले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा बिर्तामोड क्षेत्रमा योगको विकास, विस्तार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका पतञ्जली योग समिति बिर्तामोडका अध्यक्ष एवं योग प्रशिक्षक चेतन उप्रेतीलाई विशेष सम्मान प्रदान गरिएको थियो। उप्रेतीले २०६९ सालदेखि निरन्तर रूपमा योग साधना, योग प्रशिक्षण तथा योगको प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले विभिन्न समुदाय, विद्यालय, सामाजिक संघ–संस्था तथा स्थानीय तहसँग समन्वय गरी हजारौँ नागरिकलाई योगप्रति आकर्षित गराउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै वीरता जेसीजले उनलाई सम्मान गरेको जनाएको छ।


सम्मान समारोहका क्रममा प्रमुख अतिथि रोहित प्रसाई, सभाध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठ तथा अन्य अतिथिहरूले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मान ग्रहण गर्दै उप्रेतीले योग केवल शारीरिक अभ्यास मात्र नभई अनुशासित, स्वस्थ र सकारात्मक जीवन जिउने कला भएको उल्लेख गर्दै योगको माध्यमबाट समाजलाई स्वस्थ र सचेत बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोहित प्रसाईले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम भएको बताए।

उनले स्थानीय सरकार पनि नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि योग, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए। समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले वीरता जेसीजले सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर गर्दै आएका गतिविधिको प्रशंसा गरे।


सभाध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठले विश्व योग दिवस केवल एक दिवसका रूपमा सीमित नभई योगलाई जीवनशैलीका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता रहेको बताए। स्वस्थ नागरिक निर्माणमार्फत स्वस्थ समाज निर्माण गर्न योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले सामाजिक रूपान्तरणका लागि वीरता जेसीजले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।


बुद्धनगर योग समिति र वीरता जेसीजका पदाधिकारी, सदस्य, योग साधक तथा स्थानीय समुदायका प्रतिनिधिहरूसहित ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। विश्व योग दिवसको अवसरमा आयोजित यस कार्यक्रमले योगप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउन प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष जेसी नवराज अधिकारीले आस्था वाचन गरेका थिए भने सहकोषाध्यक्ष अभिषेक गतराजले सम्मानपत्र वाचन गरेका कार्यक्रमको सञ्चालन महासचिव जेसी सुवास तीखत्रीले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360