बाह्रदशीमा खुला प्रतिस्पर्धाबाट १५ विद्यालयमा प्रधानाध्यापक नियुक्त

बाह्रदशीमा खुला प्रतिस्पर्धाबाट १५ विद्यालयमा प्रधानाध्यापक नियुक्त

३१ असार २०८३, राजेश आचार्य ।

झापाको बाह्रदशी गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिमा नयाँ अभ्यासको थालनी गर्दै पहिलो पटक खुला प्रतिस्पर्धामार्फत १५ विद्यालयका लागि प्रधानाध्यापक नियुक्त गरेको छ।

गाउँपालिकाले प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार सेवा निवृत्त हुन कम्तीमा पाँच वर्ष बाँकी रहेका योग्य शिक्षकहरूबाट आवेदन आह्वान गरेको थियो। तर, उम्मेदवारहरूले पेश गरेको विद्यालय विकास प्रस्तावको प्रस्तुतीकरण तथा अन्तर्वार्ता प्रक्रिया अघि बढ्ने क्रममा उच्च अदालत विराटनगर, इजलास इलाममा रिट निवेदन परेपछि अदालतको अन्तरिम आदेशका आधारमा नियुक्ति प्रक्रिया केही समयका लागि स्थगित गरिएको थियो।

२०८२ चैत ३ गते प्रकाशित सूचनामाथि परेको रिट निवेदनमा अदालतले रिट खारेज गर्दै सेवा निवृत्त हुन पाँच वर्षभन्दा कम अवधि बाँकी नहुनुपर्ने योग्यताको व्यवस्था बदर गरी पुनः सूचना प्रकाशन गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि गाउँ कार्यपालिकाको २०८३ जेठ ५ गतेको निर्णयअनुसार पुनः आवेदन प्रक्रिया अघि बढाइएको थियो।

पुनः प्रकाशित सूचनाअनुसार आधारभूत तह (कक्षा १–५) मा ५, आधारभूत तह (कक्षा ६–८) मा ५ र माध्यमिक तहमा ६ गरी कुल १६ पदका लागि आवेदन मागिएको थियो। शैक्षिक योग्यता, कार्य अनुभव, विद्यालय विकास प्रस्तावको प्रस्तुतीकरण तथा अन्तर्वार्तालगायतका आधारमा योग्यताक्रम निर्धारण गरी सिफारिस भएका उम्मेदवारहरूसँग आज गाउँपालिकाले करार सम्झौता गर्दै सम्बन्धित विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको हो।

माध्यमिक तहतर्फ गुणनिधि लुइटेल पशुपति माध्यमिक विद्यालय (बाह्रदशी–३), लेखनाथ कटुवाल गौरीशंकर माध्यमिक विद्यालय (बाह्रदशी–७), थिरकुमार दाहाल फुलबारी माध्यमिक विद्यालय (बाह्रदशी–५), सुपेनचन्द्र सिंह राजवंशी जनविकास माध्यमिक विद्यालय (बाह्रदशी–४), धनमाया देवी पौडेल पञ्चमणी माध्यमिक विद्यालय (बाह्रदशी–६) तथा डुमेश्वर प्रसाद शाह अमृत माध्यमिक विद्यालय (बाह्रदशी–१) मा नियुक्त भएका छन्।

आधारभूत तह (कक्षा ६–८) तर्फ तुलाराम निरौला घोडामारा आधारभूत विद्यालय (बाह्रदशी–५), शिवप्रसाद पोखरेल कटडाँगी आधारभूत विद्यालय (बाह्रदशी–५), घनश्याम उप्रेती भगवती आधारभूत विद्यालय (बाह्रदशी–२) तथा नरेश बराल रामनगर आधारभूत विद्यालय (बाह्रदशी–३) मा नियुक्त भएका छन्।

त्यसैगरी आधारभूत तह (कक्षा १–५) तर्फ सरोजा अर्याल पशुपति आधारभूत विद्यालय (बाह्रदशी–७), लालबहादुर थापा जनता आधारभूत विद्यालय (बाह्रदशी–२), सुपाल राजवंशी सुन्दरपुर आधारभूत विद्यालय (बाह्रदशी–३), टंकप्रसाद सापकोटा साधुपर्ती आधारभूत विद्यालय (बाह्रदशी–१) तथा लोकबहादुर कार्की राधानगर आधारभूत विद्यालय (बाह्रदशी–३) मा नियुक्त भएका छन्।

नियुक्तिपत्र वितरण तथा करार सम्झौता कार्यक्रम गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गीतादेवी सुवेदीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन योगराज पौडेलले गर्नुभएको थियो।

गाउँपालिकाले खुला प्रतिस्पर्धा, योग्यता र कार्यसम्पादनका आधारमा प्रधानाध्यापक छनोट गर्ने अभ्यासले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, नेतृत्व विकास र विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

One thought on “बाह्रदशीमा खुला प्रतिस्पर्धाबाट १५ विद्यालयमा प्रधानाध्यापक नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360