ग्रामीण प्रेस क्लबलाई इलिकाको खेलकुद सहयोग: १६ थान फुटबल जर्सी हस्तान्तरण

ग्रामीण प्रेस क्लबलाई इलिकाको खेलकुद सहयोग: १६ थान फुटबल जर्सी हस्तान्तरण

बिर्तामोड (झापा) — झापाको बिर्तामोडस्थित इलिका ब्यूटी लाउन्ज एन्ड ट्रेनिङ सेन्टरले स्थानीय ग्रामीण प्रेस क्लबलाई खेलकुद पोशाक (जर्सी) प्रदान गरेको छ।
​इलिकाको आफ्नै कार्यालयमा आयोजित एक विशेष समारोहबीच क्लबलाई १६ थान फुटबल जर्सी हस्तान्तरण गरिएको हो। लाउन्जकी प्रोप्राइटर निशा कन्दङ्वा र प्रबन्ध निर्देशक विजय कन्दङ्वाले संयुक्त रूपमा ग्रामीण प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम बिमलीलाई जर्सी हस्तान्तरण गर्नुभएको थियो ।


​कार्यक्रममा क्लबका उपाध्यक्ष प्रीतमकुमार धमला, सदस्यहरू असफाक आलम र श्री प्रसाद सिवाकोटीका साथै सूर्योदय टेलिभिजनका सहसम्पादक देव बास्कोटा लगायतका प्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति थियो। सञ्चारकर्मी सुनिता तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
​जर्सी हस्तान्तरणसँगै दुवै पक्षबीच आगामी दिनमा पनि सामाजिक तथा खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


​झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा यही २४ र २५ गते सञ्चालन हुने ‘मिडिया कप फुटबल प्रतियोगिता’मा ग्रामीण प्रेस क्लब झापासहित जिल्लाका ६ वटा टिमले सहभागिता जनाउँदै छन्।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

One thought on “ग्रामीण प्रेस क्लबलाई इलिकाको खेलकुद सहयोग: १६ थान फुटबल जर्सी हस्तान्तरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares