आदर्श राधव किर्तन मण्डलि को चौथो साधारणसभा सम्पन्न

श्री आदर्श राघव भजन किर्तन मण्डलि सेवा समाज, बाह्रदशी-६ झापाको चौथो साधारण सभा बाह्रदशी-६ बिहिबारे स्थित संस्थाकै आफ्नै सामुदायिक भवनमा सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष मधुराम पनेरुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बाह्रदशी-६ का वडाध्यक्ष रत्न प्रकाश योङ्गहाङ्ग हुनुहुन्थ्यो भने अतिथिहरुमा बिहिबारे बजार व्यवस्थापन समितीका अध्यक्ष विश्वास गौतम, कन्चनगढ एजुकेशन फाउन्डेसनका संस्थापक जीवन पनेरु, गौरीशंकर गुरुकुलका अध्यक्ष धर्म प्रसाद चापागाई लगायत रहनुभएको थियो।

कार्यक्रममा संस्थालाई ईटा दान गर्नुहुनेमा हिमाल ईटा उधोग, लक्ष्मी ईटा उधोग, श्रीराम ईटा उधोग र प्रगती ईटा उधोग हरुले प्रदान गर्नु बहअएको थियो भने ५० थान कुर्सी दान गर्नुहुने रमेश खरेल; जग्गा दान गर्नुहुने बिहिबारे बजार व्यवस्थापन समिती; १ थान स्टिल दराज दान गर्नुहुने नेत्र+मनु उप्रेती; साउन्ड सिस्टम दान गर्नुहुने अर्जुन+रेखा उप्रेती र १०० बोरा सिमेन्ट दान गर्नुहुने कृष्ण प्रसाद सिटौला लाई सम्मान पत्र र खादा ओडाएर सम्मान गरिएको थियो।

कार्यक्रममा सम्पुर्ण अक्षयकोष दाता हरुलाइ अक्षयकोष दाता प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो साथै भजन प्रतियोगितामा प्रथम पुरस्कार जित्नुहुने श्यामबाबु उप्रेती, विश्वास गौतम, छबिलाल सङ्ग्रौला, मनिष अधिकारी, भवानी पौड्याल र दिपेन्द्र खरेललाई सम्मान गरिएको थियो।
भगवान श्रीरामको तस्बिरमा फुल माला अर्पण गर्दै स्वस्ती बाचन गरि उदघाटन भएको कार्यक्रममा दिवङ्गत हुनुभएका संस्थाका सदस्यज्युहरुको सम्झानामा एक मिनेट मौनधारण गरिएको थियो। सभाले जीवन पनेरुको संयोजकत्वमा खगेन्द्र तिम्सिना र मैयाँ बिमली सदस्य रहेको ३ सदस्यीय निर्वाचन मन्डल गठन गरि आगामी कार्यकालको लागि मधुराम पनेरुको अध्यक्षता नया समिती गठन गरेको हो जसको उपाध्यक्षमा दुर्गा खतिवडा अधिकारी, सचिव केदार प्रसाईं, उप-सचिव दिपेन्द्र खरेल, कोषाध्यक्ष फणिन्द्र पौडेल र सदस्यहरुमा उमा देवी उप्रेती, श्रीधर पौडेल, लिला श्रेष्ठ, भक्ती प्रसाद न्यौपाने, विश्वाश गौतम र भागिरथा पाठक रहनुभएको छ। साथै आजैको भेलाले लेखराज सुबेदी संयोजक, पुष्प भट्टराई र गोमा भट्टराई सदस्य रहेको ३ सदस्यीय लेखा समिती गठन गरेको छ। साथै आजैको भेलाले घनश्याम गौतमको संयोजकत्वमा श्याम बाबू उप्रेती, विश्वाश गौतम, सीता न्यौपाने, भवानी पौडेल, मैयाँ देवी खरेल, योगेश दाहाल, कुमार पौडेल, कुमार मिश्र, गम्भीर सिंह पौडेल र पदम बहादुर बस्नेत सदस्य रहेको ११ सदस्यीय सास्कृतिक टोली नि गठन गरेको छ। त्यसैगरी दिपेन्द्र खरेल संयोजक, छबिलाल सङ्ग्रौला र भवानी पौडेल सदस्य रहेको ३ सदस्यीय सुचना तथा संचार बिभाग पनि आजको सभाले गठन गरेको छ।
०७८ श्रावण १ गते देखि ०७९ असार मसान्तसम्मको आय-व्यय संस्थाका सचिव केदार प्रसाईले प्रस्तुत गर्नुभएको कार्यक्रममा रमेश खरेल, विश्वाश गौतम र रत्न प्रकाश योङ्गहाङ्गले शुभकामना मन्तव्य र पशुपती सङ्ग्रौलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन दिपेन्द्र खरेलले गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares