कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी बिर्तामोडमा, पूर्वराष्ट्रपति भण्डारीबाट उद्घाटन

कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी बिर्तामोडमा, पूर्वराष्ट्रपति भण्डारीबाट उद्घाटन

२१ जेठ २०८२, राजेश आचार्य ।

नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडमा भव्य विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ। जेठ २४ देखि २६ गतेसम्म बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजना हुने प्रदर्शनीमा कोशी प्रदेशका  १२ जिल्लाका विद्यार्थीहरूको सहभागिता रहने निश्चित भएको आयोजकले जनाएको छ। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रमबारे जानकारी दिंदै विभाग प्रमुख गणेश पोखरेलले करीब १ लाख भन्दा बढीले कार्यक्रमको अवलोकन गर्ने अपेक्षा गरिएको बताए। कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन सक्ने प्रदर्शनीमा ५०० विद्यार्थीले प्रतिस्पर्धात्मक रूपमा भाग लिनेछन्।

प्रतियोगितामा प्रथम हुनेले ४ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख र चौथो हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। २५ विद्यालयलाई २५–२५ हजारका दरले सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ।

प्रदर्शनीमा १२०–१२५ इन्स्टलहरू रहनेछन्, जसमा रोबर्ट, भोटिङ मेसिन, विज्ञानका विभिन्न उपकरणहरू तथा स्वास्थ्य परामर्श सेवा समेत समावेश हुनेछन्। नेपाल रेडक्रस सोसाइटी र मेची आँखा अस्पताललगायत संस्थाहरूको सहभागिता रहनेछ।

कार्यक्रमको कुल लागत करीब ४४ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले यो कार्यक्रम पार्टीले आयोजना गरे पनि सर्वसाधारणका लागि खुला र साझा उद्देश्य बोकेको बताएका छन् ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares