झापा प्याब्सनको अध्यक्षमा क्षत्र बहादुर कार्की ।
झापा प्याब्सनको अध्यक्षमा क्षत्र बहादुर कार्की बिजय भएका छन् ।

प्याब्सन झापाको अन्तिम मत परिणाम सार्वजनिक भए सङगै १७६ मत प्राप्त गरे संगै कार्की बिजय भएका हुन। उनका प्रतिस्पर्धी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए।
बरिस्ठ उपाध्यक्ष पदमा हरिकृष्ण पाठक १८९ मतका साथ बिजय भए भने उनका प्रतिस्पर्धी उत्तम खनालले ९५ मत मात्र प्राप्त गरे त्यसैगरि उपाध्यक्ष पदमा टि आर गौतमले १२२ मत प्राप्त गर्दै बदिराम राई(९६मत) र भवानी पाठक(६१ मत) लाई पछी पर्दै बिजय भए भने सचिव पदमा लक्ष्मी उप्रेती ले १६९ मतका साथ बिजयी भए भने उनका प्रतिस्पर्धी रुद्र सिटौला ले ११४ मत मात्रै प्राप्त गरे।

कोषाध्यक्ष पदमा अमृत कुमार तिम्सिनाले१४९ मतका साथ बिजय हुदा जनार्दन मैनाली १३६ मतमा सिमित रहनु पर्यो।
त्यसै गरि सह-सचिव पदका दुई बिजयी उम्मेदवारमा जिबन सिवाकोटीले १७० र बिनोद सुब्बाले १६८ मत प्राप्त गरे।
३०९ मतदाता मध्ये २८९ मत खसेको यस निर्वाचनमा २ मत बदर भएका थिए।



