नृत्य तर्फ सास्कृतिक र रास्ट्रिय दुई बिधा मै  चिल्ड्रेन इन्भारोमेन्ट स्कुल प्रथम

बिर्तामोड । प्याब्सन झापाको आयोजना तथा बिर्तामोड नगर प्याब्सनको सहकार्यमा दुई दिवसीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ ।

बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृत बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रम अन्तर्गत १२ बर्ष मुनिका विधार्थीको गायन, १२ बर्ष माथीका विधार्थीको गायन, र कक्षा ९  देखि  कक्षा १२ सम्मका विधार्थीको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा बिर्तामोड नगर प्याब्सनसँग आबद्ध ४३ वटा बिध्यालयका विधार्थीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथी संग्रौला , बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना  मन्तव्य व्यक्त गरेका थिए।  कार्यक्रममा १२ बर्ष मुनिका विधार्थीको गायनतर्फ प्रथम बुद्धस्मृति एजुकेसन फाउन्डेसन ,द्वितिय निधी सेकेन्डरी स्कुल र तृतीय बिष्णुभगवति स्कुल भए ।त्यस्तै १२ बर्ष माथीका विधार्थीको गायनतर्फ  प्रथम निधी सेकेन्डरी स्कुल ,द्वितिय  कञ्चनजंघा अंग्रेजी माबि, तृतिय कञ्चन इङ्ग्लिस स्कुल भए ।त्यसैगरी कक्षा ९  देखि  कक्षा १२ सम्मका विधार्थीको सांस्कृतिक नृत्यतर्फ  प्रथम चिल्ड्रेन इन्भारोमेन्ट इङ्ग्लिस स्कुल, द्वितिय निधी सेकेन्डरी स्कुल र तृतीय कञ्चन इङ्ग्लिस स्कुल भए ।त्यसरी नै आज सम्पन्न राष्ट्रिय नृत्यतर्फ चिल्ड्रेन इन्भाइरोमेन्ट प्रथम , बुद्धस्मृति द्वितीय र बिर्ता मोडल तृतीय भएको छ । त्यस्तै आधुनिक नृत्यतर्फ कंचन स्कुल प्रथम , एमिटी द्वितीय र कंचनजंघा तृतीय भएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares