श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औं बार्षिक साधारसभा सम्पन्न ।
श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औं बार्षिक साधारसभा सम्पन्न भएको छ।

श्री कृष्ण प्रणामी मन्दिरको सभाहल मा १३औं साधारण सभा सम्पन्न भएको हो।भद्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल को प्रमुख आतिथ्य तथा श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष भवानी प्रसाद शर्मा सपकोटा को अध्यक्षता मा संचालन गरिएको १३औं साधारण सभा कार्यक्रममा पुहातु जनज्योति प्र. अ. कौशिला आचार्य,श्री कृष्ण प्रा.वि. सीताराम थापा,प्रकाश एकता कृषि सहकारी संस्था अध्यक्ष गोपाल प्रसाद श्रेष्ठ,बालसुबोधनी मा.वि.प्र. अ. विश्व थापा लगायतको आतिथ्यता रहेको थियो।

१३औ साधारण सभा कार्यक्रममा संस्थाले बार्षिक रुपमा गर्दै आइरहेको सम्मान कार्यक्रम लाई पनि निरन्तर्ता दिएको थियो।सम्मानित हुने हरुमा विद्यार्थीहरुमा कक्षा ८ मा उत्कृष्ट हुने छात्र छात्रा हरू कृषा पोख्रेल, सरराम गौतम त्यसै गरी see मा उत्कृष्ट हुने अभिषेक भट्टराई,आरम्भ गजुरेल,रिया थापा र कक्षा १२ तर्फ बाट अर्विन थापा,दीपिका रेग्मी लाई सम्मान गरिएको थियो भने असल बचत कर्ता तर्फ शिता राजबंशी,अम्बर बहादुर सिग्देल सम्मानित हुनु भएको थियो भने असल ऋणी तर्फ विपिन भट्टराई, सुर्य बहादुर अधिकारी लगायत लाई संस्थाले सम्मान गरेको थियो।

२०६८भदौ २३गते २५जना सेयर सदस्य मिली ६८हजार बाट सुरु गरिएको यस नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमटेड आज १३औं साधारण सभा सम्पन्न सम्म आई पुग्दा १५३२ सेयर सदस्य रहेको छ जसमा ६९२ महिला रहनु भएको छ भने ८४० पुरुष रहनु भएको छ भने यस संस्थाको कुल बजेट ४करोड १२ लाख ४७हजार ३सय ४९रुपैयाँ ४७पैसा रहेको र ३ करोड २५ लाख ७२ हजार ४ सय २९रुपैयाँ ३०पैंसालगानी रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव दीपेन्द्र कटुवालले बताउनु भयो।

बन्द सत्र र खुला सत्र गरि दुई सत्रमा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख आतिथ्य भद्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल,पुहातु जनज्योति प्र. अ. कौशिला आचार्य,श्री कृष्ण प्रा.वि. सीताराम थापा,बालसुबोधनी मा.वि.प्र. अ. विश्व थापा लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुलाई स्वागत मन्तब्य द्वारा संस्थाका उपाध्यक्ष दाताराम तिम्सिनाले गर्नु भएको थियो भने कार्यक्रमलाई संचालन श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव दीपेन्द्र कटुवालले गर्नु भएको थियो।








