नेपाल मुस्लिम समाज बिकास समिति द्वारा इद मिलन कार्यक्रम सम्पन्न

बाह्रदशी झापा १२, बाह्रदशी गाउपालिका मा नेपाल मुस्लिम समाज बिकास समिती ले इद मिलन तथा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


     नेपाल मुस्लिम समाज बिकास समिति बाह्रदशीका अध्यक्ष चान महम्मद को अध्यक्षता मा सम्पन्न कार्यक्रममा गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाइ,वडा न.४ का वडाध्यक्ष महताव आलम,नेपाल मुस्लिम संघ कोसी प्रदेश कि उपाध्यक्ष फुलेरा खातुन,नेपाल मुस्लिम  बिकास समितिका सल्लाहकार नसरुल्ला मुनादी,झापा गाउपालिका वडा न.४का वडाअध्यक्ष ताहिर सिराज लगायत ले शुभकामना मन्तव्य राखेका थियो।


   कार्यक्रममा बोल्दै वडा न. ४ का वडाअध्यक्ष महताव आलमले मुस्लिम समुदायमा देखिएका बालबिबाह,दाइजो प्रथा जस्ता समस्याहरु राखेका थिए साथै मुस्लिम आयोग लाई केन्द्र र सहरी क्षेत्रमा मात्रै सिमित नरहन समेत आग्रह गर्नु भएको थियो।त्यस्तै गाउपालिका अध्यक्ष चम्लागाइले नेपाल मुस्लिम समाज बिकास समिति संग सधै सहकार्य र सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो।

  मुस्लिम आयोग का केन्द्रिय अध्यक्ष समिम मिया अन्सारी को प्रमुख आतिथ्य मा सम्पन्न भएको कार्यक्रममा नयाँ हाजी लाई स्वागत तथा बिदाइ समेत गरिएको थियो।
   कार्यक्रममा बोल्दै मुस्लिम आयोगका केन्द्रिय अध्यक्ष समिम मिया अन्सारीले मुस्लिम समुदायको हकहितको लागि आफू सधै लागि पर्ने बताए।मुस्लिम समुदायको समग्र स्थिति को अध्यन गरि  नीतिगत,कानुनी र संस्थागत सुधारका विषयमा नेपाल सरकार संग सिफारिस गर्ने कुरामा जोड दिनु भयो।
  कार्यक्रममा बाह्रदशी गाउपलिक उपाध्यक्ष सान्ता देवी सिवाकोटी,वडा न२ का वडाअध्यक्ष भिम कार्की,वडा न३ का टंक शाह,वडा न५ का वीर बहादुर राजवंशी,बाह्रदशी उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र कार्की,नेपाल रेडक्रस सोसाइटी बाह्रदशीका अध्यक्ष दयानन्द गोस्वामी,नेपाली काङ्ग्रेस का नेता भगिरथ पोदार,नेकपा एमाले का टेक प्रसाद आचार्य, वडा न.४ का पुर्व वडाअध्यक्ष समिम मिया लगायतको  आतिथ्यता रहेको थियो।
    नेपाल मुस्लिम समाज बिकास समिती का उपाध्यक्ष सोहराव सेखले स्वागत गरेको कार्यक्रममा   महबुब आलमले कुरानसरी तिलावत वाचन गरेकाथिए भने  मदरसा तालीम इस्लामका मनाजुर आलमले नात पढेका थिए। कार्यक्रम लाई समितीका सचीव अलिम अक्तर ले संचालन गरेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares