बाह्रदशी गाउपालिका द्वारा कम्प्युटर तथा प्रिन्टर मेसिन वितरण

बाह्रदशी गाउपालिकाले कम्प्युटर तथा प्रिन्टर मेसिन वितरण गरेको छ ।


गाउपालिका अध्यक्ष तथा उपाध्यक्ष को संयुक्त कोषबाट ९ थान कम्प्युटर तथा ९ थान प्रिन्टर मेसिन वितरण गरेको हो।नेपाल मुस्लिम समाज बिकास समिति द्वारा आयोजित इद मिलन तथा नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रममा कम्प्युटर तथा प्रिन्टर मेसिन वितरण गरेको हो।
बाह्रदशी गाउपालिका भित्र रहेका नौ वटा मदरसा का लागि १/१ थान कम्प्युटर र प्रिन्टर मेसिन वितरण गरेको हो। बाह्रदशी गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ र उपाध्यक्ष सान्ता देवी सिवाकोटी ले संयुक्त रुपमा बाह्रदशी मदरसा बोर्ड समिति का अध्यक्ष शहिरुद्दीन मियालाइ हस्तान्तरण गर्नु भएको हो।
मदरसा को अफिसियल काम गर्न सहज होस भन्ने उद्देश्य ले कार्यक्रम बोल्दै गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाइले बाह्रदशी भित्र रहेका नौ अोटा मदरसा लाई १/१ थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो र आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares