३०औ द्रोणाचार्य स्मृति सभा तथा द्रोणाचार्य पत्रकारिता सम्मान कार्यक्रम सम्पन्न

२०८० असार ६ काकडभिट्टा, झापाली कम्यूनिष्ट आन्दोलनका  होनहार योद्धा  द्रोणाचार्य क्षेत्री को स्मृतिमा आज ३० औं द्रोणाचार्य स्मृति सभा तथा द्रोणाचार्य पत्रकारिता पुरस्कार वितरण मेचीनगर-६ काकडभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको छ।

द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान समारोह  प्रतिष्ठानका अध्यक्ष रबिन कोईरालाको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा पुर्वमन्त्री तथा संविधानसभा सदस्य माननीय केशबकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा रहेको थियो ।

द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान समारोह कार्यक्रममा निवर्तमान  प्रदेश सांसदहरु श्रीप्रसाद मैनालि,बसन्त बानिया ,नगर प्रमुख/उपप्रमुख गोपाल बुढाथोकी,मिना उप्रेती ,संस्थापक अध्यक्ष चन्द्रमणि पौडेल , बिनोद पोखरेल, प्रेस काउन्सिल का सदस्य गणेश पोखरेल,पत्रकार,प्रतिष्ठानका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको छ।


कार्यक्रममा प्रेस चौतारी नेपाल झापा का अध्यक्ष मनकुमार गदालले स्वागत मन्तब्य राख्नु भएको थियो भने  द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालका महासचिव जीवन कुमार श्रेष्ठले कार्यक्रमको औचित्य माथि  प्रकाश पार्नु भएको थियो।
  कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पुर्व प्रदेश सांसद बसन्त बानियाँले द्रोणाचार्य ले पुर्याउनु भएको योगदान र उहाको मार्गदर्शन मा हिड्न सबैलाई आग्रह गर्दै आफू पनि उहाले देखाएको मार्गदर्शन मा हिड्ने प्रतिबद्धत जनाउनु भएको थियो सथै उहाले देखेको सपनालाइ साकार पार्न हरेक ठाँउमा उहाको नाममा  बिद्यालय खोली संचालनमा ल्याउन सके उहाँ प्रती सम्मन हुने कुरा व्यक्त गर्नु भएको थियो भने सोही कार्यक्रममा  नेपाली काङ्ग्रेस नेता पुष्प पौडेल ,नगर प्रमुख गोपाल बुढाथोकी , द्रोणाचार्य क्षेत्री का सुपुत्र देवेन्द्र आचार्य लगाएले शुभकामना मन्तव्य राख्नु भएको थियो।
साथै सोही कार्यक्रममा द्रोणाचार्य पत्रकारिता पुरस्कर बाट लामो समय पत्रकारितामा जिबन बिताइसक्नु भएका रेडियो भिजन का संचालक तथा प्रेस काउन्सिल का सदस्य गणेश पोख्रेल लाई दोसल्ला ओढाइ नगद ५१ हजार र सम्मान-पत्र सहित सम्मान गरिएको थियो।भने उक्त सम्मान पत्र साथै सम्मानित हुने गणेश पोख्रेल को जिबनी बारे  पुरस्कार छनौट समितिका संयोजक पत्रकार माधब बिद्रोही ले वाचन गर्नु भएको थियो। कार्यक्रममा चन्द्र मणि पौडेल र बिनोद कुमार पोख्रेल लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित हुने गणेश पोखरेलले बोल्दै आफुलाइ सम्मन गर्न योग्य सम्झेर सम्मान गर्नु हुने आयोजक परिवारलाई धन्यवाद दिनु भएको थियो।भने द्रोणाचार्य क्षेत्री को ब्यक्तित्वको बारेमा प्रमुख अतिथि पुर्व मन्त्री तथा संविधानसभा सदस्य माननीय केशव कुमार बुढाथोकीले जानकारी दिनु भएको थियो ।
कार्यक्रमको संचालन प्रेष चौतारी नेपाल का केन्द्रिय सदस्य साथै  प्रतिष्ठानका केन्द्रीय सदस्य सन्तोष आचार्यले गर्नुभएको  थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares