बाह्रदशी गाउँपालिकामा विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक विकृतिको विरुद्ध बुझायो ज्ञापनपत्र

बाह्रदशी गाउँपालिकामा विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक विकृतिको विरुद्ध बुझायो ज्ञापनपत्र

झापा बाह्रदशी, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाह्रदशी गाउपालिकामा आज ज्ञापनपत्र बुझाएको छ।


    बाह्रदशी गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ र उपाध्यक्ष शान्ता देवी शिवाकोटी लाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका बाह्रदशी अध्यक्ष बिक्रम कट्टेल ले बताउनु भयो।


  शैक्षिक विसंगति र विकृतिको बिरुद्ध तथा  विद्यार्थी आन्दोलन बाट प्राप्त हक अधिकार र संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गराउनका लागि अनेरास्ववियु झापाको सबै पालिका कमिटीहरुले पालिका प्रमुख र शिक्षा शाखा समितिलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउदै तत्काल  कार्यन्वयन गर्नु पर्ने भन्दै आज बाह्रदशी गाउँ कमिटीले बाह्रदशी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष  कट्टेलले जानकारी दिनु भयो।
जिल्ला अध्यक्ष बलराम गिरि,जिल्ला सह-सचीव मदन ओलि,जिल्ला सदस्य श्रेया ढकाल,जिल्ला सदस्य तथा बिर्तामोड नगर कमिटी अध्यक्ष सन्तोष तिम्सिना,जिल्ला सदस्य तथा बाह्रदशी गाउँ कमिटी अध्यक्ष बिक्रम कट्टेल, बाह्रदशी गाउँ कमिटी कोषाध्यक्ष सन्दिप महत लगायत अनेरास्ववियुका पुर्व बिद्यार्थी नेता कम्रेड साथै अनेरास्ववियु मा आवद्ध विद्यार्थीहरु को उपस्तिथि रहेको थियो।
उक्त कार्यक्रम लाई संचालन  जिल्ला कमिटी सह-सचिव मदन ओलि ले गर्नु भएको थियो भने ज्ञापनपत्र लाई जिल्ला कमिटी अध्यक्ष   बलराम गिरि ले पढेर सुनाएको अनेरास्ववियु बाह्रदशी अध्यक्ष कट्टेलले बताउनु भयो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares