लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा ।

लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा ।

दुर्गापुर झापा, लायन्स क्लव अफ कनकाई दुर्गापुरको स्थापना भएको छ ।यस क्षेत्रका युवा समाजसेवी दिपक खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय लायन्स क्लवको प्रथम उपाध्यक्षमा तिलचन रिजाल, दोस्रो उपाध्यक्षमा भुवन खतिवडा र तेस्रो उपाध्यक्षमा रमन अधिकारी रहनुभएको छ । यसैगरि सचिवमा डिल्ली रिजाल, कोषाध्यक्षमा प्रमिला नेपाल र सहसचिवमा इशवर सुवेदी रहनुभएको छ ।


यसै गरि सह-कोषाध्यक्षमा सरिता अधिकारी, जनसम्पर्क अधिकारीमा युवराज बोहोरा, कार्यक्रम संयोजकमा राजेश श्रेष्ठ, वातावरण संयोजकमा खगमाया चापागाईँ र टिटी संयोजकमा माधव वराल रहनुभएको छ । यसैगरि सदस्यहरुमा सम्भु पोखरेल, भगवती पाठक, रमेश सेर्पा दावा, युवराज अधिकारी, जगनाथ सिग्देल र प्रदिप दंगाल रहनुभएको छ । लायन्स क्लवका डिस्टिक सचिव तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाको प्रमुख आतिथ्यतामा उक्त क्लवको स्थापना गरिएको हो । लायन्स क्लवको मुल नारानै हामी सेवा गछौ रहेकोले यस क्षेत्रका विरामी र कमजोर आय भएका रोगी दुखीहरुको सेवामा लायन्स क्लव अफ दुर्गापुर सदैव रहने लायक्सका अध्यक्ष दिपक खतिवडाले बताउँनुभयो । लायन्सले सामाजिक क्षेत्र, वृद्धबृद्धाहरु र पिछडिएका वर्गका लागि सदैव कार्यक्रमहरु गरिरहेको खतिवडाले बताउँनुभयो । लायन्सले वृक्षरोपण, स्वास्थ्य, शिक्षा लगायातका १४ वटा कार्यक्रमहरु गर्ने योजना समेत बनाइसकिएको अध्यक्ष खतिवडाले बताउँनुभयो । क्लवमा हाल २० जना सदस्य भएपनि यसलाई निरन्तर थप गर्दै लैजाने सचिव डिल्ली रिजालले बताउँनुभयो । कनकाई नगरपालिका ७ दुर्गापुरमा कार्यालय रहेको यस क्लवले यस क्षेत्रका युवालाई समेटने बताइएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360