बाह्रदशी मा दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न ।

राजेश आचार्य २०८१

बाह्रदशी झापा, झापा बाह्रदशी गाउँपालिकामा दोस्रो जिल्ला स्तरीय आमन्त्रित कराते प्रतियोगिता सम्पन्न भएको छ ।

बाह्रदशी युवा तथा खेलकुद विकास समितिको समन्वय तथा बाह्रदशी कराते संघको आयोजनामा बाह्रदशी गाउँपालिका वडा नं ५ को फूलबारी कवड हलमा प्रतियोगिता सम्पन्न भएको हो ।विभिन्न तौल समूह अन्तर्गत भएको प्रतियोगितामा बिर्तामोड प्रथम बनेको छ। बिर्तामोडले २३ स्वर्ण, ८ रजत र १ कास्य पदक प्राप्त गरेको छ। यस्तै, बाह्रदशी ९ स्वर्ण, १० रजत र ९ कास्यसहित द्वितीय तथा बिर्तामोड ६ स्वर्ण ७ रजत र ५ कास्यसहित तृतीय बनेका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पुरुष तर्फ बाह्रदशीका राजीव लिम्बु घोषित भए त्यस्तै महिलातर्फ उर्लाबारीकी सोनिका चेम्जुङ घोषित भइन्। बाह्रदशी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष डिक बहादुर श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले ब्यानर पढी प्रतियोगिताकोको उद्घाटन गर्नुभएको थियो । जीवन धमलाले सञ्चालन गर्नुभएको कार्यक्रममा झापा जिल्ला कराते संघका सचिव संजय साहले स्वागत मन्तव्य राख्दै सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नं ५ खेलकुद विकास समितिका अध्यक्ष शरद बहादुर सिंह , समाजसेवी कृष्णमोहन गौतम, बाह्रदशी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष वीरबहादुर राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा एशियन गेममा कास्य पदक प्राप्त खेलाडी सीता राई, साफ गेम गोल्डमेडलिष्ट मिना पाठक उप्रेती, राष्ट्रिय खेलाडी लक्ष्मण खड्का, राजिब लिम्बू, सिनीयर भोलेन्टीयर कोच रेनुका राई, भोलेन्टीयर कोच ईन्दू मेचेलगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा  बाह्रदशीबाट दीक्षित भएका खेलाडीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
दोस्रो बाह्रदशी जिल्लास्तरीय आमन्त्रित कराते प्रतियोगितामा झापा, मोरङ र ईलामका १२ वटा टीमका २ सय ५० खेलाडीहरूको सहभागिता रहेको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares