बाह्रदशी वडा न.१का अत्ति बिपन्न मुस्लिम समुदायका २५ परिवारलाई झुल,फिल्टर वितरण
बाह्रदशी झापा, बाह्रदशी गाउपालिका वडा न.१ को सिप्ताबारी गाउँ मा अत्ति बिपन्न मुस्लिम समुदायका २५ घर परिवारलाई छाता,झुल,फिल्टर र टर्च लाइट वितरण गरेको छ ।

महिला जनचेतना केन्द्र काकरभिट्टा द्वारा बाह्रदशी गाउँपालिका वडा नं १ मा अति बिपन्न मुस्लिम समुदायका २५ घर परिवारलाई छाता ,फिल्टर ,झुल र टर्च लाइट वितरण गरिएको हो।

आज वडा नम्बर १ को सिप्ताबारी गाउँ मै गएर एक कार्यक्रमको आयोजना गरि अत्ति बिपन्न मुस्लिम समुदाय लाई उक्त सामान वितरण गरिएको हो।कार्यक्रममा गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ,उपाध्यक्ष शान्ता देवी सिवाकोटी,कार्यपालिका सदस्य लक्ष्मी निरौला,बाह्रदशी महिला मुल समिति संयोजक बिन्दा देवी निरौला लगायत महिला जनचेतना केन्द्र काकरभीट्टा बाट अध्यक्ष,उपाध्यक्ष,सचीव लगायत को उपस्तिथि मा उक्त सामानहरु वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै बाह्रदशी गाउँपालिका अध्यक्ष चम्लागाइले महिला जनचेतना केन्द्र लाई धन्यवाद दिनु भएको थियो।साथै आगामी दिनहरुमा अझै राम्रो योजना हरुको अपेक्षा रहेको र गाउँपालिका बाट पनि सहकार्य गर्न तयार रहेको कुरा बताउनु भएको थियो।साथै उक्त सामानहरु पाएको मा स्थानीय गाउले हरुले खुसी व्यक्त गर्नु भएको थियो।भने कार्यक्रमलाई सहजीकरण बाह्रदशी गाउँपालिकाले गरेको थियो ।




