वडा न.१ मा बालबालिकाहरुका लागी ऎन,नियम तथा कानुन सम्बन्धि सचेतनामुलक एक दिने कार्यक्रम सम्पन्न ।

बाह्रदशी गाउँपालिका वडा न.१ मा बालबालिका सम्बन्धि ऎन,नियम तथा कानुन सम्बन्धि सचेतनामुलक एक दिने कार्यक्रम सम्पन्न भएको छ ।


बाह्रदशी गाउँपालिका वडा न.१ को सभाहलमा संचालन गरिएको बालबालिका सम्बन्धि ऐन,नियम तथा कानुन सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो।
वडा न.१ का वडाअध्यक्ष टेक बहादुर राजवंशीको अध्यक्ष मा संचालन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटी प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा विशिष्ट अतिथि कार्यपालिका सदस्य लक्ष्मी निरौला,कार्यपालिका सदस्य मान बहादुर राजवंशी,वडा बिजय प्रकश अधिकारी,निर्मला राइ,सम्पतलाल गिरि, गायत्री ऋषिदेव प्रधानाध्यापक राम बहादुर बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो।
गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटी को प्रमुख आतिथ्य मा संचालन गरिएको उक्त कार्यक्रममा वडा न.१ वडा सदस्य बिजय प्रकश अधिकारीले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ले ब्यानर बाचन गरेर गर्नु भएको थिय।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले बालबालिकाहरुको अधिकार लाई गाउँपालिकाले सधैं सुनिस्चित गर्ने र बालबालिकाहरुका लागि गाउँपालिका सधैं सकारात्मक भएर शिक्षा,स्वास्थ लगायत बालशोषण,बालबिबाह जस्ता अपराध हरुको विषयमा कडाइका साथ लाग्ने कुरामा जोड दिनु भएको थियो।
बाह्रदशी गाउँपालिकाले वडा न.१ मा आयोजना गरेको कार्यक्रममा प्रशिक्षक यज्ञ लक्ष्मी चम्लगाईं रहनु भएको थियो भने अमृत मा.बि.का बिध्यार्यी लगायत अभिभावक,शिक्षकहरु गरि ७० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सहजीकरण महिला,बालबालिका तथा जेष्ठनागरिक प्रमुख समिक्षा ढकालले गर्नु भएको थियो भने उद्घाटन सत्रको कार्यक्रम लाई समापन अध्यक्ष टेक बहादुर राजवंशीले गर्नु भएको थियो

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

One thought on “वडा न.१ मा बालबालिकाहरुका लागी ऎन,नियम तथा कानुन सम्बन्धि सचेतनामुलक एक दिने कार्यक्रम सम्पन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares