सन्थाल समुदायमा ब्ल्याङ्कन वितरण

चिसो बढ्न सुरु भएसँगै झापाको बाह्रदर्शी गाउँपालिका वार्ड नं ५ स्थित घोडामारा मा रहेका सन्थाल समुदाय लाई ब्ल्याङ्कन वितरण गरिएको छ।

झापा बारादशीका युवा व्यवसायी राजन कार्कीको पहलमा काठमाडौँ निवासी समाजसेवी व्यक्तित्व दोर्जे छेवाङ का पुजनीय पिता झिमे हुसे को स्मृतिमा  सन्थाल समुदाय का  ३५ घरपरिवार लाई ब्ल्याङ्केट वितरण गरिएको हो।

समाजसेवी तथा बुद्धिजीवी बुद्धराज कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य जय तिम्सिना राधिका भट्टराई समेतको उपस्थितिमा ब्ल्याङ्केट वितरण गरिएको थियो।

सन्ताल समुदायका निम्न आर्थिक अवस्था भएका परिवारहरूको छनोट गरी ब्याङ्केट वितरण गरिएको हो। समाजसेवी व्यक्तित्व दोर्जे छेवाङ आफ्ना पिताको स्मृतिमा सन्थाल समुदायसँग यसरी जोडिन पाउँदा आफू पनि खुसी भएको कुरा व्यक्त गर्नुभएको थियो। त्यो सँगै जाडोको समयमा ब्ल्याङ्केट पाउँदा सन्थाल समुदायका  परिवारहरू पनि खुसी भएको बताए।

उक्त ब्ल्याङ्केट वितरण कार्यक्रमलाई सहजीकरण जय मेचेले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares