श्री पशुपती माध्यमिक विद्यालयको आफ्नो ६२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न ।

झापा, बाह्रदशी – श्री पशुपती माध्यमिक विद्यालयले आफ्नो ६२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

1


विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रममा शिक्षक सम्मान तथा विदाई, छात्रवृत्ति तथा पुरस्कार वितरण, र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरी कार्यक्रम सम्पन्न भएको हो !


कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य मोती लाल राजबंशीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सदस्य माननीय छविलाल चुडाल को रहेको कार्यक्रममा बिद्यालय ब्यबस्थापन सदस्य युवराज राजबंशी,कमल प्रसाद सुबेदी,गंगा भुर्तेल पिटिए सदस्य गोपाल राया, कृष्ण उप्रेती, जग्गादाता अर्जुन उप्रेती, मन्दिर निर्माण डाटा खगेन्द्र कार्की, निमित्त शिक्षा शाखा प्रमुख योगराज पौडेल लगायतको उपस्थिती रहेको थियो।


कार्यक्रमको प्रारम्भ विद्यालयका विद्यार्थीहरुले प्रस्तुत गरेको राष्ट्रिय गीत र स्वागत नृत्यबाट गरिएको थियो भने बिद्यालय का प्रध्यानाध्यापक थिए कुमार दाहालले स्वागत मन्तब्य का साथै कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बिद्यालयको बार्षिक उन्नति र प्रगतिको बारे प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी हरुलाई पुरस्कृत समेत गरिएको थियो।विद्यालयका लामो समयसम्म योगदान दिएका शिक्षकहरूलाई सम्मानित गर्दै सेवानिवृत्त शिक्षकहरूको विदाई गरियो। साथै, उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरियो।
सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन प्रस्तुत गरेका थिए।कार्यक्रममा भगिमान लिलामाया अक्षयकोष बाट प्रदान गरिदै आएको पुरस्कार जेहेन्दार तथा उकृष्ट विद्यार्थीहरू ममता बेस्रा,झरना दाहाल,प्रिया राजबंशी,लक्ष्मी राजबंशी लगायत लाई नगद पुरस्कार २५०० सहित पुरस्कृत तथा सम्मान महेश्वर खड्काले गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चुडालले विद्यालयको ऐतिहासिक योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई जीवनमा सफलताका लागि निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो। उहाँले विद्यालयको विकासका लागि आफू सदैव तयार रहने प्रतिबद्धता जनाउनुभयो।

  1. ↩︎
Please follow and like us:
Pin Share

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email