सामुदायिक मेलमिलाप सम्बन्धि आठ दिवसीय आधरभुत तालीम सम्पन्न
बाह्रदशी गाउपालिका मा सामुदायिक मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम सम्पन्न भएको छ ।


बाह्रदशी गाउपालिका उपाध्यक्ष तथा बाह्रदशी गाउपालिका को न्यायीक समिति संयोजक सान्ता देवी सिवाकोटी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम माघ २६ गतेदेखि संचालन गरिएको थियो।कार्यक्रममा बाह्रदशी गाउपालिका वडा न.१ देखि ७ सम्मका मेलमिलाप समिति का संयोजक तथा सदस्य गरि ३१ जनाको उपस्थिति रहेको थियो।

बाह्रदशी गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ को प्रमुख आतिथ्य मा सम्पन्न सो कार्यक्रममा पुर्व उपाध्यक्ष रत्नाकुमारी राजवंशी र पुर्व न्यायीक सदस्य प्रेम बहादुर घिमिरे ले न्यायीक सम्बन्धि आफ्ना कुराहरु राख्नु भएको थियो भने आठ दिन सम्म संचालित कार्यक्रममा प्रशिक्षक संगीता थापा र चेतन बिष्ट ले प्रशिक्षण दिनु भएको थियो।

प्रशासकिय अधिकृत चेतनाथ न्यौपाने ले संचालन गरेको कार्यक्रममा प्रशिक्षक चेतन बिष्ट ले प्रशिक्षण का तर्फबाट आफ्ना कुरा राख्नु भएको थियो भने सहभागी तर्फबाट प्रेम प्रसाद चापागाईं र संगिता राजवंशी ले आठ दिन सम्म सिकेका अनुभव शेयर गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी ले न्यायीक सम्बन्धि आठ दिवसीय तालिम मा पक्ष र विपक्ष नहेरी दुबै पक्ष लाई जित को आवश हुने गरि न्याय दिने कुरा मा सबै लाग्नु पर्ने यश कार्यक्रम को उद्देश्य रहेको बताउनु भएको थियो भने कार्यक्रममा सहभागी सबैलाई प्रमुख अतिथि ले प्रमाणपत्र बितरण गर्नु बहएको थियो।त्यसै गरि पुर्व गाउपालिका न्यायीक समिती संयोजक रत्ना कुमारी राजवंशी र न्यायिक समिति सदस्य प्रेम बहादुर घिमिरे लाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो।




