बाह्रदशी महिला मूल समितिमा बिन्दा निरौला
बाह्रदशी चैत १३, बाह्रदशी गाउपालिकाले बाह्रदशी महिला मुल समिति सर्बसम्मत गठन गरेको छ ।बाह्रदशी गाउपालिकाको सभाहलमा बाह्रदशी महिला मूल समिति गठन गरेको हो।

गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी को अध्यक्षतामा गठन गरेको उक्त समिति ५ बर्षको कार्यकाल रहनेछ।गत कार्तिक महिनामा वडाको भेला बाट वडा महिला समिति गठन गरि सोही समिति बाट प्रत्येक वडाका ३/३ जना प्रतिनिधि गाउपालिका महिला मूल समिति का लागि सिफारिस भएर आउनु भएका २१ जना भित्र बाट नै समिति निर्माण गरिएको हो।समिति मा ७ जना पदाधिकारी र १४ जना सदस्य सहित गरि जम्मा २१ जनाको समिति निर्माण गरिएको हो।

नवगठित महिलामुल समितिको अध्यक्ष मा वडा न.२ का बिन्दा निरौला त्यसै गरि बरिस्ठ उपाध्यक्ष गीता देवी थापा,उपाध्यक्ष लक्ष्मी सुवेदी,सचीव बालकुमारी लामिछाने सह-सचीव दुर्गा देवी ढकाल,सीता मेचे,कोषाध्यक्ष सारदा उप्रेती को प्रस्ताव महिला मूल समिति का पुर्व अध्यक्ष रेनुका भुर्तेल ले गर्नु भएको थियो।शो प्रस्ताव लाई उपस्थित सबैले ताली बजाइ समर्थन जनाउनु भएको थियो।

योजना साखा प्रमुख तेज प्रसाद रेग्मीले संचालन गर्नु भएको कार्यक्रममा अपाङ्ग,महिला तथा बालबालिका साखा प्रमुख समिक्षा ढकालले २१ जना प्रतिनिधिहरुको नाम बाचन गरेर सुनाउनु भएको थियो।कार्यक्रम संचालन कै क्रममा योजना साखा प्रमुख रेग्मीले नवगठित समिति लाई आफ्नु काम,कर्तव्य र अधिकार को बारेमा प्रष्ट पार्नु भएको थियो।भने नवगठित महिला मूल समिति का अध्यक्ष बिन्दा निरौला ले आफ्नु तर्फबाट प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो।




