राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्ष मा अनवर(प्रीन्स)

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर समितिको अध्यक्ष मा अनवर शेख(प्रीन्स खान) सर्वसम्मत चयन भएका छन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष रन्जु प्याकुरेल को अध्यक्षतामा सम्पन्न अधिबेशन बाट अनवर शेख सर्वसम्मत चयन भएका हुन् । उनी संगै उपाध्यक्षमा अनुप खड्का,पुकार राई,पुर्णिमा लामगादे लगायत ३५ सदस्य अधिबेशन बाट सर्वसम्मत चयन गरिएको हो।
बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा सम्पन्न सो कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको तस्बिरमा माला अर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा प्रदेश माननीय गोपाल गजमेर,राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला सचिव शिखा खड्का , राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य लक्ष्मी ढकाल,राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन अध्यक्ष राजकुमार राई,बिर्तामोड उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष कुमार भट्टराई, दसै वडा अध्यक्षहरुको तर्फबाट भवानी शंकर राउत लगायत ले शुभकामना मन्तव्य राखेका थिए।साथै वडा न. ८ का वडाअध्यक्ष अजय कार्की,अग्नि सिटौला, श्यामलाल राजवंशी लगायतको उपस्थित रहेको थियो भने सोहि नगर अधिबेशन कार्यक्रममा ४५ जना युवा हरुलाइ केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन को हात बाट अभिर र खादा लगाइ पार्टी प्रवेश समेत गराइएको थियो।


साथै शो कार्यक्रममा दशै वडाका वडा संयोजकहरुको नाम समेत घोषण गरिएको थियो।भने शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व उर्जा मन्त्री राजेन्द्र लिङ्देनले अबको राजनीतिक नेतृत्व युवाहरुले गर्नु पर्ने र राजनीति नेतृत्व बाट नै देशको बिकाश र देशको ब्यबस्था परिवर्तन गर्न सकिन्छ त्यसैले युवाहरुले अब राजनीतिक हस्तक्षेप गरेर पार्टी नेतृत्व लिनु पर्छ भन्ने कुरालाइ जोड दिनु भएको थियो।


कार्यक्रममा नव निर्वाचित अध्यक्ष अनवर शेख(प्रीन्स खान)ले आफ्नु कार्यकाल भरी इमानदार भइ प्रत्येक वडा तथा नगरमा युवाहरुलाइ सकृय बनाउने र नगर देश र पार्टीका लागि सदैव इमानदार भएर लाग्ने कुराको प्रतिबद्धता जनाएका थिए।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य सन्तोष कडरिया ले स्वागत गरेको उक्त कार्यक्रमलाई संचालन राष्ट्रिय प्रजातन्त्र पार्टीका बिर्तामोड वडा न.१ वडा कमिटी अध्यक्ष जनक खड्काले गरेका थिए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360