अटो को ठक्कर बाट बालकको मृत्यु ।
३१ जेठ २०८१, बिहीबार
झापाको बाह्रदशीमा लक्ष्मिपूर-राजगढको हिमाली सडकखण्डमा अटोको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँमा स्कुल बस बाट अोर्लिएर घर तर्फ जान बाटो काट्ने क्रममा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ को मावली टेकबहादुर भट्टराईको घरमा बसेर बोर्डिङ पढ्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर दिएको थियो ।
ठक्कर बाट टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा गम्भीर घाइते बालकलाई थप उपचारको लागि बिराट मेडिकल अस्पतालको आइसीयु कक्षमा राखी उपचार गराइरहेका बालक को आज ४.५३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय कुमार तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।



