फुलबारी मेला उद्घाटन सम्पन्न।
झापाको बारादशी गाउँपालिका वार्ड नं ५ फुलबारी बजारमा लाग्ने फुलबारी दशैं मेलाको उद्घाटन सम्पन्न भएको छ।

बारदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चौलागाईंको प्रमुख आतिथ्य तथा मेला समिति संयोजक प्रेमप्रसाद पौडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। मेलाको उद्घाटन गर्नु पूर्व कार्यक्रमका अध्यक्ष प्रमुख अतिथि अतिथिगण साथै विभिन्न जातजातिको भेषभुषा लगाएको टोलीसहित दुर्गा मन्दिरमा गई देवीको आशीर्वाद लिई रिवन काटेर मेलाको उद्घाटन गरिएको थियो।उक्त उद्घाटन समारोह कार्यक्रममा वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशी वडा सदस्य जय तिम्सिना राधिका भट्टराई लगायत विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
विभिन्न जातजातिहरूको भेषभुषा सहित विगतको भन्दा फरक तरिकाले फूलबारी मेलाको उद्घाटन गरिएको थियो।


उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथिले आगामी दिनहरूमा मेलालाई अझ भव्य र सभ्य तरिकाले सम्पन्न गर्न साथै दुर्गा मन्दिरलाई पनि अझ व्यवस्थित तरिकाले व्यवस्थापन गर्न गाउँपालिका सदैव तत्पर रहेको कुरा उहाँले जानकारी गराउनु भएको थियो। त्यसैगरी उद्घाटन सत्रलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष प्रेम पौडेलले मेलामा आउनुहुने महानुभावहरुलाई स्वागत साथै कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद दिँदै समापन गर्नुभएको थियो। साथै उहाँले कार्यक्रममा बोल्दै यस मेलामा आउने सन्थाल नृत्यहरूलाई प्रथम दोस्रो र तेस्रो साथै सान्त्वना पुरस्कारहरू समेत रहेको कुरा जानकारी गराउनुभएको थियो।

विगत पाँच छ दशकदेखि लाग्दै आएको यस फूलबारी दशैं मेला झापाकै ठूलो र भव्य मेला रहेको छ। विशेषत यसबेलाको महत्त्व भनेकै सन्तान जातिहरूको नृत्य नै रहेको छ। त्यो साथसाथै यस यस फूलबारी मेलामा विभिन्न खेलका सामग्रीहरू समेतले मेलालाई अझ बढी आकर्षित बनाएको छ।






